२०८३, ११ बैशाख शनिबार

सामूहिक बलात्कारपछि पञ्चायतले गरायो मिलापत्र

सामूहिक बलात्कारपछि पञ्चायतले गरायो मिलापत्र


काठमाडौं,साउन १४:बलात्कारको घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर मिलापत्र गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । रंगेली–९ संखुवाथानकी एक १६ वर्षीया अशक्त किशोरीलाई स्थानीय तीन युवाले असार २० मा बलात्कार गरेको अलि ढिला खुलेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए ।

स्थानीय २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रिन्स अधिकारी र २३ वर्षीय सविन चौधरीमाथि किशोरीलाई ललाइफकाई सामूहिक बतात्कार गरेको आरोप छ । घटना बाहिरिएपछि गाउँमै समाजको पञ्चायत बसेर स्थानीयले असार २६ मा मिलापत्र गराएका थिए ।

रोमनका बाबु चेतबहादुर मगरलाई किशोरीको उपचारका लागि एक लाख ५० हजार रुपैयाँ साउन ६ भित्र दिनुपर्ने भन्दै सहीछाप गराएर पञ्चले घटना मिलापत्र गराएका थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७६, १४ श्रावण मंगलबार  ७ : ०६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले