२०८३, १५ बैशाख बुधबार

तेमालको विकासमा सबैले हातेमालो गरौं: वडाध्यक्ष विकु

तेमालको विकासमा सबैले हातेमालो गरौं: वडाध्यक्ष विकु


धुलिखेल ४ साउन : तेमाल गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विकु तामाङले तेमाललाई समृद्धितर्फ डोहो¥याउन सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

आर्थिक बर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम र बजेट घोषणा गर्दै वडा अध्यक्ष तामाङ मोक्तानले ठूलोपर्सेलमा यस्तो बताएका हुन ।
वडा नं ६ ले यस पटक २ करोड ८७ लाख २६ हजार ५ सय बजेट विनियोजन गरिएको छ ।

अध्यक्ष विकु तामाङ मोक्तानका अनुसार यस वर्ष तेमाल गाउँपालिका वडा नं ६ लाई पूर्वधार र आर्थिक विकासलाई महत्व दिइएको छ । त्यस्तै शिक्षा क्षेत्रलाई पनि निकै महत्व दिएका छन् । ‘विकास निर्माणका लागि राजनीतिक पार्टी दोस्रो हो, उनले भने सबैभन्दा पहिलो कुरा जनताको जीवन स्तरमा सुधार ल्याउनुपर्छ ।’

लामो समय शिक्षणमा पेसामा आबद्ध रहेका वडाध्यक्ष तामाङले तेमालको विकासका लागि शिक्षाको विकास अपरिहार्य रहेको बताए ।

वडा नम्बर ६ को नीति, कार्यक्रम र बजेट :-
वडा स्तरीय योजनाहरुः पुर्बधार बिकास तर्फ
१ तल्लोबेशी कोल्पु सडक निर्माण रु १० लाख
२ देउरालीडाँडा सडक निर्माण रु १ लाख
३ जर्गाटोल ठटोबाटो सडक निर्माण रु २ लाख
४ भुमेस्थान झगरबेशी सडक निर्माण रु ३ लाख
५ वडा कार्यालय भबन निर्माण रु २० लाख
६ वडा कार्यालय ग्यभिङ निर्माण रु ५ लाख
७ वडा प्रोफाइल तयरी रु १ लाख
८ टवाङगल खानेपानी मर्मत रु १ लाख
९ पकुवाल खानेपानी मर्मत रु १ लाख
१० मथानटोल खानेपानी मर्मत रु २ लाख
११ समिनबोट खानेपानी मर्मत रु १ लाख
१२ भुमेशोर खानेपानी निर्माण (मगरछा) रु ३ लाख
१३ कुलोम्रुङ राक्से ब्रागाल खानेपानी निर्माण रु २ लाख
१४ सिंगटी खानेपानी निर्माण रु ७ लाख
१५ वडा कार्यालयको ढुंगा ब्यबस्थापन रु २ लाख ५३ हजार
जम्मा ५० लाख ५३ हजार

आर्थिक बिकास तर्फ:
१ रानीदह स्मारक पार्क डि.पि.आ. तयारी रु २ लाख ५० हजार
२ लक्षित बर्गलाइ बाख्रा र सुगुर बितरण तथा तालीम रु १ लाख ५० हजार
३ फलफुल बिरुवा बितरण रु १ लाख
४ उद्योग तथा बाणिज्य अन्तर्कृय गोष्ठी रु ७३ हजार ५ साय
जम्मा ५ लाख ७३ हजार ५ सय

सामाजिक बिकास तर्फ:
१ शिक्षा कार्यक्रमहरु रु २ लाख
क तहगत हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम
ख नित्य प्रतियोगिता कार्यक्रम
ग विद्यार्थी, शिक्षक अभिभावक र सरोकारवालाहरु बीच अन्तरकृयत्मक कार्यक्रम
घ शैक्षिक अबलोकन भ्रमण कार्यक्रम
ङ कक्षा ५, ८, एसइइ र १२ को उत्कृष्ट छात्र छात्रा सम्मान कार्यक्रम
च खेलकुद प्रतियोगिता कार्यक्रम
छ वक्तृत्वकला र कविता लेखन तथा वाचन र निबन्ध लेखन प्रतियोगिता कार्यक्रम

२ स्यास्थ्य कार्यक्रमहरु रु १ लाख ५० हजार
क जेष्ठ नागरिक स्यास्थ्य परिक्षण कार्यक्रम
ख आमा सुरक्षा कार्यक्रम
ग स्यास्थ्यचौकी फोहोर मैला ब्यबस्थापन कार्यक्रम
३ अपाङ्ग दलित लक्षित कार्यक्रम रु ५० हजार
४ सिलाई कटाई तालिम रु १ लाख
५ महिला लक्षित कार्यक्रम रु १ लाख ५० हजार
६ मगर भाषा शिक्षण तथा प्रशिक्षण कार्यक्रम रु १ लाख
७ साँस्कृतिक प्रबद्र्धधन ल्होसार कार्यक्रम रु २ लाख ५० हजार
८ टवाङगाल बिबिरे खोला खानेपानी ब्यबस्थापन कार्यक्रम रु २ लाख
जम्मा १२ लाख
जम्मा वडास्तरीय योजनाको लागि बजेटः ६८ लाख २६ हजार ५ सय

गाउँपालिका स्तरीय योजनाहरुः
१ काल्दर ह्रोसाइब ठुलोपर्सेल पकुवाल सडक स्तरोन्नति रु १ करोड ४० लाख
२ ठुलोपर्सेल, धुल्खु चोपटार सडक ट्रयाक निर्माण रु ४० लाख
३ पन्चबुद्ध निर्माण (ठुलोपर्सेल बसपार्क–पकुवाल गोठटोल पुर्खाङ डाँडा देउराली डाँडा रन्सिङ डाँड) रु ३० लाख
४ मने समुहको भबन निर्माण (माथिल्लो छाप) रु ५ लाख
५ छापधारा सत्तलसम्म सडक निर्माण रु २ लाख
६ झगडाबेशी सडक निर्माण रु २ लाख

गाउँपालिका स्तरीय योजना तथा बजेट जम्माः २ करोड १९ लाख

प्रकाशित मिति : २०७६, ४ श्रावण शनिबार  १० : ३९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले