२०८३, २६ आश्विन मंगलबार

बस दुर्घटनामा तीन शिशुसहित १३ जनाको मृत्यु

बस दुर्घटनामा तीन शिशुसहित १३ जनाको मृत्यु


तेहरान, ३१ असार: इरानको मध्य क्षेत्रमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन बालबालिकासहित १३ इरानीको मृत्यु भएको इरानी प्रहरीलाई उद्धृत गरी राज्य सञ्चालित समाचार संस्था (आईआरएनए) ले जनाएको छ ।

सन् १९७० ताका बनेको मर्सेडिज बेन्ज कम्पनीको मिनीबस आइसाफान प्रान्तको ओरालो सडकमा गुडिरहेका समय चिप्लिएर खोल्सामा खसेको र घटनामा गाडीमा रहेका तीन शिशुसहित १३ जनाको मृत्यु भएको खान्सार शहरका प्रशासक मन्सूर कामालीले बताउनुभयो ।

इरानी सडकहरूको सामान्य राम्रो अवस्थाका वाबजूद पनि सडक दुर्घटनामा धेरै नागरिक गुमाउने मुलुकहरूको सूचीमा इरान रहेको छ । इरानमा हुने सडक दुर्घटनामा पूराना गाडीको प्रयोग तथा दुरावस्थामा रहेका गाडी र चालकको लापर्बाही नै मुख्यरूपमा जिम्मेवार रहने गरेको बताइने गर्छ । रासस÷एएफपी

प्रकाशित मिति : २०७६, ३१ असार मंगलबार  ९ : १९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल