२०८२, १९ माघ सोमबार

नवीनाले छाड्ने भएपछि एमाले अखिलमा अध्यक्षको लर्को

नवीनाले छाड्ने भएपछि एमाले अखिलमा अध्यक्षको लर्को


फागुन २३ काभ्रे । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेतृत्व पुनर्गठनको तयारी गरिरहेको छ । अनेरास्ववियुकी अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको समानुपातिक कोटाबाट संघीय प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएपछि नेतृत्व पुनर्गठन गर्न लागिएको हो । लामाले विद्यार्थी संगठनको नेतृत्व हस्तन्तरण गर्ने भएपछि संगठनका उपाध्यक्ष महेश बर्तौला र रश्मी आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा रहेको बुझिको छ ।

एकै व्यक्ति दुई पदमा बस्न नहुने पार्टीको नियमअनुसार लामा अनेरास्ववियुको नेतृत्व छाड्ने भएकी हुन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थालेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले बताए ।

‘केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत अध्यक्ष लामाले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्ने कुरा बताएको एमाले अखिल श्रोतले बताएको छ ।

एमाले र माओवादी केन्द्रको विद्यार्थी संगठनबीच तत्काल एकता सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न लागेको बताइन्छ । २०७२ माघ २८ गते अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलनबाट लामाको नेतृत्व दुई वर्षका लागि निर्वाचित भएको थियो ।

प्रकाशित मिति : २०७४, २३ फाल्गुन बुधबार  ४ : ३५ बजे

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी