२०८२, ३० चैत्र मंगलबार

फेसबुकको अध्यक्ष जुकरबर्ग नै रहिरहने

फेसबुकको अध्यक्ष जुकरबर्ग नै रहिरहने


सान फ्रान्सिस्को, १८ जेठ: मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ । यससँग फेसबुकका कतिपय लगानीकर्ताले उहाँलाई फेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र यसका कारण फेसबुकको साखमा समस्या आउनसक्ने विचार राख्दै अध्यक्ष पद छाड्न सुझाब दिएका थिए ।

फेसबुकको वार्षिक साधारणसभामा गत बिहीवार भएको थियो । साधारण सभाल जुकरबर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने गरी अनुमोदन गरेको हो । फेसबुकमा जुकरबर्गको ६० प्रतिशत शेयर छ र उहाँले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै हार्ने सम्भावना रहेको थियो । साधारणसभाको परिणामले जुकरबर्ग थप समय पनि दुबै जिम्मेवारी सम्हाल्न तयार रहेको देखिएको छ ।

जकर्बर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो । “संसारको एउटा विशाल कम्पनीमा अहिले उहाँले जुकरर्बर्गले दुईवटा महत्वपूर्ण पद ओगट्नुभएको छ । यदिे प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ,“ ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले भन्नुभयो । तर जुकरबर्गले गत अप्रिलमा आफ्नो नेतृत्वको बचाउ गर्दै भन्नुभएको थियो,“हामीले त्रुटिबाट सिकेका छौँ कि छैनौँ त्यसबाट मानिसहरूले हामीलाई उत्तरदायी बनाउनुपर्छ भन्ने मलाई लाग्छ।” रासस÷एएफपी

प्रकाशित मिति : २०७६, १८ जेष्ठ शनिबार  ७ : ४० बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४