२०८३, १४ भाद्र सोमबार

प्रदेश ३ को मन्त्रीमण्डलले पूर्णता पायो, महिलालाई समेटिएन, सिन्धुपाल्चोकलाई दुई मन्त्री

प्रदेश ३ को मन्त्रीमण्डलले पूर्णता पायो, महिलालाई समेटिएन, सिन्धुपाल्चोकलाई दुई मन्त्री


बनेपा १६ फागुन । प्रदेशसभा ३ को आज विस्तारित मन्त्री परिषदमा सिन्धुपाल्चोकका सांसद अरुण नेपालले साँझ ५ बजे मन्त्रीको सपथ लिएका छन् । उनले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका हुन् । ३ नम्बर प्रदेश अस्थायी राजधानी मकवानपुरको हेटौंडामा उनी सहित सिन्धुपाल्चोककै अर्का सांसद माओवादीको तर्फबाट सरद दुलालले पनि मन्त्रीको सपथ खाएका छन् । उनले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुलाल विगतमा प्रचण्डका बडी गाड थिए । मकवानपुरकै कुमारी मोक्तानलाई पछि पार्दै दुलाल मन्त्री बनेका हुन् ।
सामरिक महत्वको प्रदेशनम्बर ३ ले एकजना पनि महिलालाई मन्त्रीको स्थान दिएन । रामेछापका एमाले सांसद कैलाश ढुंगेल पनि आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । आजै सपथ खाएका ढुंगेल रामेछाप पकरबासका हुन् । त्यसैगरी एमालेकै चितवनका सांसद दावा दोर्जे लामाले कृषि तथा सहकारी मन्त्रीको सपथ लिएका छन् । यसअघि प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले माओवादी केन्द्रका सांसद शालिकराम जम्मरकट्टेल र एमालेका केशव स्थापितलाई मन्त्रीमा नियुक्त गरिसकेका थिए । यससँगै प्रदेश नम्बर ३ को मन्त्रीमण्डल विस्तारले पूर्णता पाएको छ ।

प्रकाशित मिति : २०७४, १६ फाल्गुन बुधबार  ६ : ३४ बजे

बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धार अवस्था बुझ्न ऊर्जा मन्त्री श्रेष्ठ स्थलगत निरीक्षणमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी

इरानमा अमेरिकाको फेरि हमला, होर्मुजलाई लिएर बढ्यो तनाव

काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य

‘बिचरी’ होइनन् नेपाली महिला, अब आफ्नै खुट्टामा उभिने समय : मिसेस नेपाल वर्ल्डका सहभागी

काठमाडौं । नेपाली महिलाहरू परम्परागत दायरा र चुलोचौकोबाट बाहिर निस्कँदै

बाढीपछि संक्रमण फैलिन सक्ने जोखिम चिकित्सक भन्छन्- ‘अहिलेदेखि तयारी गर्नुपर्छ’

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड,

विकास र वातावरणको अनिवार्य सन्तुलन

आदिम प्रकृति र मानव सभ्यताको अनवरत सहअस्तित्व नै दिगो विकासको