२०८३, ४ आश्विन सोमबार

नयाँ वर्ष मनाउनेहरुले भरियो काभ्रेका पर्यटकीय स्थलहरु

नयाँ वर्ष मनाउनेहरुले भरियो काभ्रेका पर्यटकीय स्थलहरु


धुलिखेल १ बैशाख: वि सं २०७६ साल सुरु भएको आज पहिलो दिन । नयाँ वर्ष मनाउनेहरुले काभ्रेको पर्यटकीय स्थलहरु भरिएका छन् । राजधानी काठमाण्डौँ उपत्यकाका साथै, छिमेकी जिल्लाका विभिन्न सङ्घसंस्था, समूहहरु नयाँ वर्ष मनाउन काभ्रे आइपुगेका छन् ।

राजधानीबाट नजिक काभ्रेको सदरमुकाम धुलिखेलस्थित फिक्निक पार्क, देविस्थान डाँडा, हजार सिँढी लगायतका ठाउँमा पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । त्यसैगरी नमोबुद्ध, दोलालघाट, पलाञ्चोक, नगरकोट, भकुण्डे, नौबिसेलगायत सुनसान तथा पर्यटकीय स्थलहरुमा वनभोज र विभिन्न साँस्कृतिक कार्यक्रम गरी नयाँ बर्ष मनाउनेहरुको चहलपहल विहानै देखि देखिएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा शनिबार बेलुका धुलिखेल र नगरकोट गुञ्जयमान बनेको थियो । धुलिखेलमा रहेका ठूला होटलहरुमा भेला भएका आन्तरिक तथा बाह्य पयर्टकहरुले रमाइलो गरी २०७५ सालको बिदाई र नयाँ वर्ष २०७६ सालको स्वागत गरेका छन् । राति अबेरसम्म पनि धुलिखेल संगीतमय बनेको थियो ।

नयाँ वर्षमा विभिन्न ठाउँबाट मानिसहरुको उपस्थिति धुलिखेलमा धेरै हुने र अप्रिय घटना हुन सक्ने भन्दै प्रहरीले आफ्नो सक्रियता अघिल्लो दिनको तुलनामा निकै बढाएको छ ।

प्रकाशित मिति : २०७६, १ बैशाख आईतबार  १२ : ३१ बजे

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर