२०८३, १४ बैशाख मंगलबार

रेट्रोफिटिङको अभियान काभ्रेबाट शुरु

रेट्रोफिटिङको अभियान काभ्रेबाट शुरु


धुलिखेल, २९ चैत : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछि आंशिक क्षतिमा परेका लाभग्राहिहरुको घर रेट्रोफिट (प्रवलीकरण) गर्ने अभियान काभ्रे जिल्लाबाट सुरु गरेको छ ।

प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले शुक्रबार जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरको फलाटे गैराका छत्र बहादुर परियारको घर पुगेर अभियान शुरु भएको घोषणा गरे ।

आशिंक क्षतिको लाभग्राहिमा परेका परियारको घर नमूनाको रुपमा रेट्रोफिट गर्न लागिएको हो । भूकम्प अति प्रभवित १४ जिल्लाको एक स्थानीय तह, एक नमूना रेट्रोफिटिङ घर बनाउने अभियान अन्तर्गत परियारको घर रेट्रोफिट गर्न लागिएको प्रमूख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

पुरानो घरलाई रेट्रोफिट गरेर भूकम्पप्रतिरोधात्मक बनाउने कार्यमा केहि ढिलाई भएपनि अब अभियानकै रुपमा भूकम्पप्रभावित जिल्लामा काम गरिने कार्यकारी अधिकृत ज्ञवालीले बताए । ‘पुरानो घरलाई रेट्रोफिट गर्ने कार्य अघि बढाउन सुरुमा केहि समस्या भएपनि अहिले हामीले नीतिगत रुपमै स्पष्ट पारिसकेका छौँ, ज्ञवालीले भने ‘आज छत्र दाई घरबाट मैले घोषणा गरे अब यो भूकम्पप्रभावित सबै जिल्लामा सुरु हुन्छ ।’

भूकम्पप्रभावित जिल्लाहरुमा नभत्किए र नर्किएका भएपनि कमजोर भएको हुन सक्ने भन्दै प्राविधिकको सल्लाहमा घर रेट्रोटिफ गर्न ज्ञवालीले सुझाए । ‘घर नै भत्किएकाले त नयाँ घर बनाउनै पर्यो, तर घर नभत्किएका लाभग्राहीहरुले प्राविधिक बोलाएर घर चेकजाँच गराउनु, उनले भने ‘पुरानो घरलाई रेट्रोफिट गरेर बलियो बनाउने मात्रै होइन् हाम्रो मौलिकता पनि जोगाउने तिर हाम्रो ध्यान केन्द्रि भएको छ ।’

नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्माले नमूनाको रुपमा आफ्नो नगरपालिका भित्र रेट्रोफिटको काम अघि बढाउने प्राधिकरणको कामलाई स्थानीय सरकारले पनि महत्वको साथ हेरेको बताए । ‘हामी निकै खुशी छौँ, यो नगरपालिका भित्र यस्ता धेरै घर छन्, जसले मौलिकता झल्काइरहेका छन् । उनले भने ‘यहि प्रविधिले अब हाम्रो नगरभित्रका घरहरु जोगाउन तर्फ लाग्छौँ ।’

पुनःनिर्माण प्राधिकरणको सहजीकरणमा ३२ जिल्लामा बेलायती अन्तर्राष्टिय विकास नियोग (DFID) को आर्थिक सहयोगमा UNPOS र Build Change (विल्ड चेञ्ज) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले रेट्रोफिटको काम गर्ने छन् । नमोबुद्ध नगरपालिकाको वडा नम्बर ५ मा १ सय ४० को हाराहारीमा आंशिक क्षतिमा परेका लाभग्राहि रहेको वडाध्यक्ष बुद्ध सिं तामाङले जानकारी दिए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका अनुसार जिल्लामा करिब ५ हजार घर आंशिक क्षतिमा परेका छन् ।

प्रकाशित मिति : २०७५, २९ चैत्र शुक्रबार  ४ : ४४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले