२०८३, ५ आश्विन मंगलबार

काभ्रेको विकास काभ्रेलीले नै गर्ने होः मन्त्री बास्कोटा

काभ्रेको विकास काभ्रेलीले नै गर्ने होः मन्त्री बास्कोटा


दोलालघाट, २७ चैत : संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो ठाउँको विकास आफैले गर्ने भएकाले एकजुट भएर लाग्न आग्रह गरेका छन् ।

काभ्रेको दोलालघाटमा भूम्लु बृहत पर्यटन मेलाको उद्घाटन गर्दै उनले केहि दिन अघि सकिएको लगानी सम्मेलनमा काभ्रे जिल्लाको ८ वटा योजनाका लागी लगानी आउने प्रतिबद्धा सुश्चित बताएको बताए । ‘जिल्लाको कुन ठाउँमा कस्तो खालको योजना आवश्यक छ भन्ने कुरा मलाई राम्रोसँग ज्ञान छ, उनले भने ‘स–साना योजना स्थानीय र प्रदेश सरकारले गरिरहेका छन् । ठूला आयोजनाका लागि केन्द्र सरकार तयार छ।’

मन्त्री बास्कोटाले दोलालघाटको विकास र समृद्धिका लागि आफु हरदम तयार रहेको भन्दै स–साना कुरामा अल्झिएर नबस्न आग्रह गरे । ‘दोलालघाटमा माछा पालन ब्यवसायीक रुपमा गरौँ, ठूला परियोजना सञ्चालन गरौँ, उनले भने ‘पर्यटकीय क्षेत्रमात्रै भनेर पर्यटक आउँदैन्, खाने, बस्ने, हेर्ने, मनोरञ्जन गर्ने सबै ब्यवस्था मिलाउनुपर्छ ।’

उनले प्राकृतिक स्रोत साधनलाई वातावरण नबिग्रर्ने गरी उपभोग गर्नुपर्नेमा जोड दिए । सधै इन्द्रवती नदी हेरेर मात्रै पुग्दैन्, उनले भने ‘देशमा ठूल ठूला निर्माणको काम भइरहेका छन् त्यसमा बालुवा, गिट्टी जस्ता सामग्री धेरै चाँहिन्छ तर यसलाई ब्यवस्थित र नदीको सौन्दर्य नबिग्रने गरी उपभोग गर्नुपर्छ ।’

अरनिको राजमार्गसँगै पुष्पलाल मध्यपहाडी लोकमार्गले समेत दोलालघाटलाई छोएको भन्दै उनले युवाहरुको एकतामा जोड दिए । ‘केन्द्रमा बजेट माग्न आउनु हुन्छ, बजेट राखिदियो, समयमा खर्च गरिदिनु हुदैँन् उनले भने ‘यदि बजेट खर्च गर्न सक्ने अठोट छैन भने बजेट माग्न नआउनोस्, दुई चार करोड रकम खर्च गर्न अरु जिल्लाकालाई गुहार्नु पर्ने अवस्था अहिले छैन् ।’

प्रकाशित मिति : २०७५, २८ चैत्र बिहीबार  ८ : ३१ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको