२०८३, १२ आश्विन मंगलबार

एमाले एक्लैको ३ नं प्रदेशमा बहुमत, वाम गठबन्धनलार्इ दुई तिहाइ

एमाले एक्लैको ३ नं प्रदेशमा बहुमत, वाम गठबन्धनलार्इ दुई तिहाइ


काठमाडौं / प्रदेश नम्बर ३ समानुपातिकको मतगणना पनि सकिएको छ । प्रत्यक्षतर्फ एमालेले ४२ सिट जितेको नेकपा ९एमाले० लाई प्रदेश नम्बर ३ मा एकल बहुमत पुगेको छ । एमालेले समानुपातिक तर्फबाट १७ सिट पाउने भएको छ ।  ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सिट चाहिन्छ, जबकी एमाले एक्लैले ५९ सिट भएको छ ।

दोस्रो भएको कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझाले ३ र राप्रपाले २ सिट पाउने भएको छ । प्रदेश सभामा प्रत्यक्षतर्फ ६६ जना चुनिएका छन् भने समानुपातिकबाट ४४ सदस्य आउनेछन् ।प्रत्यक्षतर्फ एमालेले ४२ सिट जितेको छ भने माओवादीले १५, कांग्रेसले ७, नयाँ शक्ति र नेमकिपाले एकएक सिट जितेका छन् ।  यस्तै वाम गठबन्धनले प्रदेश ३ मा दुई तिहाई बहुमत पुर्‍याएको छ ।

प्रदेशसभमा दुई तिहाईका लागि ७४ सिट चाहिन्छ । एमालेको ५९ र माओवादीको २३ गरी ८२ सिट हुनेछ ।

प्रकाशित मिति : २०७४, २९ मंसिर शुक्रबार  ९ : ४२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय