२०८३, २२ आश्विन शुक्रबार

काभ्रे क्षेत्र नम्बर १ मा बामगठबन्धनको क्लिनस्वीप

काभ्रे क्षेत्र नम्बर १ मा बामगठबन्धनको क्लिनस्वीप


काठमाण्डौ/ काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र दुई वटा प्रदेशसभा सदस्यमा बामगठबन्धनले विजयी हासिल गरेका छन् । प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गंगा बहादुर दोङे बमध्वजले ४३ हजार ६३१ मत ल्याएर विजयी भए । मध्यरातमा सार्वजनिक अन्तिम परिणाम अनुसार बमध्वजका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका तीर्थ लामाले ३९ हजार ६०५ मत पाएका छन् । बमध्वज र तीर्थ बीचको मतान्तर ४ हजार २६ रहेको छ ।

 

यहि प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश क मा बाम गठबन्धनका उम्मेदवार रत्न ढकाल भारी मतका साथ विजयी भएका छन् । ढकालले २५ हजार १०६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार सिबी लामाले १७ हजार ८५५ मत ल्याएका थिए । ढकाल र लामाको मतअन्तर ७ हजार २५१ रहेको छ ।

त्यस्तै सोहि निर्वाचन क्षेत्रको प्रदेश ख मा बाम गठबन्धनका उम्मेदवार चन्द्र लामा विजयी भएका छन् । चन्द्रले २४ हजार ४४७ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार गणेश लामाले २० हजार २७० मत पाए । चन्द्र र गणेश लामा बीचको मतान्तर ४ हजार १७७ रहेको छ ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ११ : २५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य