२०८३, १३ बैशाख सोमबार

काठमाडौंमा बम विस्फोट, दुई जना घाइते, कारमा आगलागी

काठमाडौंमा बम विस्फोट, दुई जना घाइते, कारमा आगलागी


काठमाडौं २४ फागुन : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ ।

शुक्रबार साँझ साढे ७ बजेतिर शंकास्पद बस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ । विस्फोटपछिको आगलागीमा दुई जना घाइते भएका महानगरीय प्रहरी वृत्त महाराजगन्जका जानकारी दिए । घाइतेहरुलाई चिरायु अस्पताल लगिएको छ ।

विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा नै शंकास्पद बस्तु विस्फोट भएको थियो । बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो । आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ ।

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ११ : १५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले