२०८३, ५ असार शनिबार

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, श्रीमती र छोराहरुले दिए दागवत्ति

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, श्रीमती र छोराहरुले दिए दागवत्ति


पोखरा, १७ फागुन : हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको यहाँको रामघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, पुत्रद्वय विराज र स्वराजले दागबत्ती दिनुभयो ।

दिवङ्गत अधिकारीप्रति नेपाली सेनाको एक टोलीले सलामी दिएको थियो । त्यसअघि उहाँको पार्थिव शरीर नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । हजारौँ सर्वसाधारणको उपस्थितिसहित नयाँबजारबाट शुरु शवयात्रा महेन्द्रपुल–रानीपौवा–हस्पिटल चोक हुँदै सेती नदी किनार रामघाट पुगेको थियो ।

शवयात्रामा हजारौँ पोखरेलीले उहाँप्रति श्रद्धा प्रकट गरेका थिए । शव यात्रामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेकपाका नेता तथा कार्यकर्ता, नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी, पत्रकार समाजसेवीको उपस्थिति थिए ।
-रासस

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ६ : ४८ बजे

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे