२०८३, १ असार मंगलबार

राँगोको आक्रमणबाट नायब सुब्बाको निधन

राँगोको आक्रमणबाट नायब सुब्बाको निधन


काठमाडौँ, १४ फागुन : राँगोको आक्रमणबाट घाइते हुनुभएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ । यही फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा आज त्रिपुरेश्परस्थित ब्ल्यू क्रस अस्पतालमा निधन भएको हो । नायव सुब्बा श्रेष्ठ चन्द्रागिरि–५ महादेवस्थान बस्दै आउनुभएको थियो । राँगोको आक्रमणबाट निधन भएका श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

यस्तै फागुन ११ गते नै सोही राँगोको आक्रमणबाट मच्छेगाउँका स्थानीय ७० वर्षीय मानवीर महर्जनको समेत मृत्यु भएको थियो भने चन्द्रागिरि बस्ने देवी राना र मानकाजी महर्जन घाइते हुनुभएको थियो । राँगोको आक्रमणबाट प्रहरीसमेत घाइते भएका थिए । मानिसलाई समेत आक्रमण गरेर ठूलो जनधनको क्षति गरेपछि राँगोलाई प्रहरीले लखेटेर दहचोक पु¥याएर गोली हानी मारेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, १४ फाल्गुन मंगलबार  ७ : ०७ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई