२०८१, २३ माघ बुधबार

पेट्रोलियम पदार्थमा तत्काल मूल्यवृद्धि हुँदैन : निगम

पेट्रोलियम पदार्थमा तत्काल मूल्यवृद्धि हुँदैन : निगम


काठमाडौँ, ९ फागुन: अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुने क्रम जारी रहेको जनाएको छ । सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले हाललाई पेट्रोलियम पदार्थको साबिककै बिक्री मूल्यलाई यथावत् राखेको जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेलको मूल्य रु ९७ छ ।

इण्डियन आयल कर्पोरेसनले गत माघ २ देखि यही फागुन ४ गतेसम्मका लागि पठाएको मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ६३ पैसा र डिजलमा ६ रुपैयाँ ५७ पैसा मूल्य वृद्धि भएको भए तापनि सो अवधिमा निगमले पेट्रोल र डिजल दुवैमा प्रतिलिटर रु दुई मात्रै मूल्यवृद्धि गरेको जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ फाल्गुन बिहीबार  ८ : ५१ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव