२०८१, २२ माघ मंगलबार

विद्यार्थी बिरामी भएपछि विद्यालयमै बोका बलि

विद्यार्थी बिरामी भएपछि विद्यालयमै बोका बलि


रोल्पा, फागुन ९ :  बुधबार बिहानै घामको झुल्कोसँगै विद्यालयको हातामा कालो बोका बाँधियो । शक्तिशाली भनिएका धामीहरुले फूल–अक्षतालगायत झारफुकका सामग्री तयार पारे ।


विद्यार्थी र अभिभावकले स्कुल भरिभराउ भयो । सानाठूला बिद्यार्थी विद्यालय हातामा प्रवेश गरेसँगै ‘ऊ आयो आयो’ भन्दै बेहोस हुन थाले । बिरामी भएर ढलेका विद्यार्थीको टाउको माथि मन्तर गर्दै धामीले ‘पाती र चँवर’ चलाउन सुरु गरे । पाँच ÷ सातजना हुँदै दर्जनभन्दा बढी विद्यार्थी चिच्याउँदै बेहोस हुन थालेपछि अभिभावक आत्तिए । यो समाचार आजको नागरिक दैनिकमा दिनेश सुवेदीले लेखेका छन् ।

दुई महिनायता लगातार विद्यार्थी बिरामी पर्न थालेपछि रोल्पा सदरमुकाम लिवाङछेउमा रहेको पिताराज आधारभुत विद्यालयमा दोस्रोपटक धामी बलालिएको हो ।‘अभिभावकहरुले नै स्कुलमै धामी बसाल्नुभएको हो । जति गर्दा पनि भएन आज त कालो बोकासहित धामी बसेका हुन्,’ विद्यालयकी प्राधानाध्यापक लीला आचार्यले बताइन् ।

प्रकाशित मिति : २०७५, ९ फाल्गुन बिहीबार  ८ : ४० बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव