२०८३, १९ आश्विन मंगलबार

चेपाङ महिलाको जीवन, २१ वर्षको उमेरमा ४ बच्चा

चेपाङ महिलाको जीवन, २१ वर्षको उमेरमा ४ बच्चा


हेटौँडा, फागुन ८ : उमेर २१ वर्ष । विवाह भएको ९ वर्ष भइसकेको छ । ४ बच्चाकी आमा नै भइसकिन् दर्गम राक्सिराङ गाउँपालिकास्थित सिलिङेकी निरमाया चेपाङ । कलिलै उमेरमा उनका २ छोरा र २ छोरी छन् । कान्छो छोरा ७ महिने छ । ७ महिनादेखि चार वर्षसम्मका चार बच्चा भएकी उनको भदौ महिनादेखि रजश्वता रोकिएको छ । रजश्वला रोकिनु, गर्भवती हुनु, बच्चा पाउनु जनको नियतिजस्तै देखिएको छ ।

बाल्यकालदेखि नै दाहिने खुट्टा गुमाएकी निरमायाको विवाह गाउँकै केटासँग १२ वर्षको उमेरमा भएको थियो । पतिको पनि देब्रे खुट्टा छैन । संयोग नै भन्नुपर्छ दुवैको खुट्टा बाल्यकालमा खँगेनामा परेर जलेको हो । छोराछोरी अँगेनाको छेउमा सुताएर दुवैको आमाबाबु दिउँसो कन्दमुल खोज्न जंगल गएको अवस्थामा अँगेनामा खुट्टा परेर जलेको थियो ।

घर नजिक स्कुल भएर पनि पढ्न नगएकी निरमायालाई अहिले बच्चा कसरी हुर्काउने भन्ने चिन्ता छ । टाउको लुकाउने एउटा फुसको घर छ । यो समाचार प्रताव विष्टले कान्तिपुरमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, ८ फाल्गुन बुधबार  ६ : ४३ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय