२०८३, १५ श्रावण शनिबार

धादिङ २ मा एमालेका खेम लोहनीको जितसंगै बाम गठबन्धनको क्लिनस्विप

धादिङ २ मा एमालेका खेम लोहनीको जितसंगै बाम गठबन्धनको क्लिनस्विप


धादिङ/ धादिङ २ मा एमाले केन्द्रीय सदस्य लोहनीको जितसंगै बाम गठबन्धनको क्लिनस्विप म्भअझदभच ढ, द्दण्ज्ञठ धादिङ । धादिङ क्षेत्र नं। २मा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहनी विजयी भएका छन् ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवा एवं कानु तथा संसलिय मामिला राज्यमन्त्री दिलमान पाख्रिनलाई ६४० मतले पछाडी पार्दै लोहनी विजयी भएका हुन् । लोहनीले ३६,२५४ मत प्राप्त गरेका छन् भने पाख्रिनले ३५,६१४ मत प्राप्त गरेका थिए । जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएसंगै धादिङको दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेश सभामा बाम गठबन्धनले क्लिनस्विप गरेको छ ।

क्षेत्र नं। १ मा एमाले धादिङका कार्यवाहक अध्यक्ष भुमि त्रिपाठीले देशभरको फराकिलो मतान्तरको रेकर्ड कायम गर्दै विजयी भएा छन् । प्रदेशसभा तर्फ १९१० बाट एमाले पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे, १९२० बाट नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेल, २९१० बाट एमाले प्रदेश कमिटि सदस्य डा। रामकुमार अधिकारी र २९२० बाट माओवादी केन्द्र निकट ट्रेड युनियन महासंघका महासचिव जगत सिंखडाले विजय हासिल गरेका छन् ।

यस अघि तीन क्षेत्र रहेको धादिङमा २०७० को संविधान सभा निर्वाचनमा नेकपा एमालेले तीन वटै क्षेत्र र २०६४ को संविधान सभा निर्वाचनमा माओवादी केन्द्रले तीन वटै क्षेत्र जितेर कम्युनिष्टको लाल किल्ला बनाएका थिए ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ११ : ०१ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने