२०८३, १८ आश्विन सोमबार

रोजगारी नपाए निर्वाह भत्ता, चैतदेखि तथ्यांक संकलन गरी असारभित्र भत्ता

रोजगारी नपाए निर्वाह भत्ता, चैतदेखि तथ्यांक संकलन गरी असारभित्र भत्ता


काठमाडाैं, माघ २९ : सरकारले सबै नागरिकलाई रोजगारीको सुनिश्चित गर्दै बेरोजगार बस्नु परे निर्वाह भत्तासहितको सामाजिक सुरक्षाको व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गर्दै सूचीकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा कम्तिमा १०० दिनको न्यूनतम रोजगारीको सुनिश्चितता गर्दै बेरोजगार भए निर्वाह भत्ताको व्यवस्था गरेको हो ।

निर्देशिका अनुसार तोकिएको क्षेत्रमा रोजगारी नपाउने परिवारका कुनै पनि सदस्यले न्यूनतम रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुन आउने रकम निर्वाह भत्ताको रुपमा प्रदान गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सबैलाई न्यूनतम रोजगारीको सुनिश्चित गरेको बताएको छ । यो समाचार गोपाल संग्रौलाले कारोबारमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २९ माघ मंगलबार  ७ : ३६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय