२०८३, १ असार मंगलबार

कालाजारका नयाँ सङ्क्रमित फेला

कालाजारका नयाँ सङ्क्रमित फेला


सप्तरी, २७ माघ: सरकारले निःशुल्क उपचारको घोषणा गरे पनि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा औषधि अभाव हुँदा कालाजारबाट सङ्क्रमित एक बिरामीको उपचार हुन सकेको छैन ।

कालाजारबाट सङ्क्रमित छिन्नमस्ता गाउँपालिका–७ का ३५ वर्षीय मधुराम सदा उपचारबाट वञ्चित भएका हुन् । उपचार निःशुल्क हुने थाहा पाएर एक हप्ताअघि अस्पताल आउनुभएका सदा घर फर्किनु भएको छ । चार वर्षयता कालाजारको सङ्क्रमित फेला नपरेका कारण अस्पतालले औषधि नराखेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताउनुभयो ।

“नयाँ सङ्क्रमित फेला परेपछि औषधि मगाएका छौँ”, उहाँले भन्नुभयो । सन् २०२० सम्ममा कालाजार उन्मूलन गर्ने सरकारको लक्ष्य छ । जिल्लामा यसअघि २०७२ साल वैशाख २२ गते बेल्ही चपेना–८ की २४ वर्षीया रीतादेवी राममा कालाजारको सङ्क्रमण देखापरेको थियो । विसं २०६३ देखि हालसम्ममा जिल्लामा कालाजारका १५६ सङ्क्रमित फेला परेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २७ माघ आईतबार  ७ : ३७ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई