२०८२, ४ माघ आईतबार

मौमस पूर्वानुमानः आजदेखि केही दिन सबैतिर घमाइला हुने

मौमस पूर्वानुमानः आजदेखि केही दिन सबैतिर घमाइला हुने


काठमाडौं,माघ २७ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशैभर मौसममा सुधार आउने जनाएको छ । ‘पश्चिमी वायुको प्रभाव घटेको छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारपछिका केही दिन सबैतिर घमाइला हुनेछन् ।’

पश्चिम र मध्य भागमा शनिबार दिउँसोदेखि सुधार आएपनि पूर्वी भागमा साँझसम्मै पानी परेको थियो । यस पटकको मौसमी प्रणाली पहिलेभन्दा बलियो भएकाले सबैतिर वर्षा र हिमपात भएको विज्ञको भनाई छ ।

महाशाखाका अनुसार योपल्टको हिउँदे वर्षा विगतको भन्दा बढी हो । डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिना हिउँदे वर्षा हुन गरेको छ । फेब्रुअरीमा काठमाडौँमा औसतमा १८.७ मिलिमिटर वर्षा हुने गरेकोमा यो वर्ष ८ दिनमै दोब्बरभन्दा बढी (४२.५ मिमि) पानी परिसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, २७ माघ आईतबार  ७ : २१ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ