२०८३, १ असार मंगलबार

३५ वर्षसम्म अविवाहित भए पनौती नगरपालिकाले भत्ता दिने

३५ वर्षसम्म अविवाहित भए पनौती नगरपालिकाले भत्ता दिने


 काभ्रे, माघ २७ : काभ्रेको पनौती नगरपालिकाले संघीय सरकारद्वारा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा  भत्ता दिने निर्णय गरेको छ भन्ने खबर नागरिक दैनिकमा छ। 

नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई लाभग्राहीका रूपमा समेटिएको हो। ‘संघीय सरकारले अविवाहित र सम्बन्ध विच्छेद भएका महिलालाई ६० वर्ष पुगेपछि मात्रै सामाजिक सुरक्षा भत्ता पाउने योग्य मानेको छ। 

यस्तै लामो अवधिसम्म पति बेपत्त भएका महिलाको हकमा केही व्यवस्था छैन,’ नगरप्रमुख भीम न्यौपानेले भने,‘ हामीले संघीय सरकारको मापदण्डमा नपरेका महिलालाई समेत सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याएर लाभग्राहीको सूचीमा राख्ने भएका छौं।’

प्रकाशित मिति : २०७५, २७ माघ आईतबार  ६ : ५७ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई