२०८३, २९ श्रावण शनिबार

तीन तहका सरकारबीच द्वन्द्व होइन, सहकार्य जरुरी : मुख्यमन्त्री शाही

तीन तहका सरकारबीच द्वन्द्व होइन, सहकार्य जरुरी : मुख्यमन्त्री शाही


सुर्खेत, २६ माघ : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन तहका सरकारहरुबीच द्वन्द्व नभई आपसी समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ, कर्णाली प्रदेशको प्रथम अधिवेशनको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य हुननसके सङ्घीयता संस्थागत हुन नसक्ने बताउनुभएको हो ।

संविधानको मूल ‘स्प्रिड’ नै तीन तहका सरकारहरुबीच समन्वय र सहकारिता रहेको भन्दै उहाँले एक–अर्काको अधिकार खोसेर गन्तव्यमा पुग्न नसकिने बताउनुभयो । सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भइरहेका केही अन्योल र अस्पष्टतालाई अनावश्यक रुपमा बुझ्न नहुने उहाँको भनाइ थियो । “हामी प्रारम्भिक चरणमा छौँ, वित्तीय र प्रशासनिक पुनः संरचनामा हुन बाँकी नै छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा सिक्दै अघि बढ्ने हो, द्वन्द्वसिर्जना गरेर व्यवस्था मजबुत हुँदैन् ।”

मुख्यमन्त्री शाहीले तीन तहका सरकारबीच पर्याप्त संवाद र सहकार्यबिना राष्ट्रले सङ्कल्प गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराले सार्थकता नपाउने विचार व्यक्त गर्नुभयो । यद्यपि, सहकार्य गर्दा एक–अर्काको सह–अस्तित्वमा ठेस पु¥याउन नहुने बताउनुभयो । उहाँले सङ्घीयता विरोधीले भ्रम सिर्जना गर्ने अनेक प्रयत्न गरिरहेकाले सजग हुन आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश सांसद गुलाबजङ्ग शाहले गाउँपालिका महासङ्घ आफैँमा जनप्रतिनिधिको अगुवा सङ्गठन भएकाले प्रदेश र सङ्घ सरकारबीच उचित समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । “अधिकार मात्र खोजेर हुँदैन, संविधानमै सबैको अधिकार स्पष्ट लेखिदिएको छ,” उहाँले भन्नुभयो, “अब अधिकारको अधिकतम प्रयोग गरेर गाउँपालिकाहरुबीच विकासको प्रतिस्पर्धा हुन आवश्यक छ ।”

गाउँपालिका महासङ्घका प्रदेश संयोजक कवीन्द्रकुमार केसीले प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय तहबीच साझा लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीति तय गरिने जानकारी दिनुभयो । नेकपा कर्णाली प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, प्रदेश सांसद यज्ञबहादुर बिसी, जिविस महासङ्घका पे्रमबहादुर थापा लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । अधिवेशनमा कर्णालीका ५४ वटै गाउँपालिकाका प्रमुख÷उपप्रमुखको सहभागिता छ । अधिवेशनले आजै नयाँ नेतृत्व चयन तदर्थ समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २६ माघ शनिबार  ६ : ३४ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका