२०८३, २४ आश्विन आईतबार

‘सिण्डिकेट व्यावहारिक रुपमा खारेज भएको छैन’ : मुख्यमन्त्री पौडेल

‘सिण्डिकेट व्यावहारिक रुपमा खारेज भएको छैन’ : मुख्यमन्त्री पौडेल


हेटौँडा, २३ माघ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्रको सिण्डिकेट नीतिगत रुपमा खारेज गरिए पनि व्यावहारिक रुपमा भने खारेज नभएको बताउनुभएको छ ।

नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको आज उद्घाटन गर्दै उहाँले हालका दिनमा यातायात व्यवसायी अन्योल र चिन्तामा रहेको आफूले महसुस गरेको बताउनुभयो । यातायात क्षेत्रलाई समेट्ने छुट्टै ऐन चाहिने उल्लेख गर्दै उहाँले खर्बौं लगानी रहेको यातायात क्षेत्रको आर्थिक योगदानको कदर गरिने जानकारी गराउनुभयो ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले देशको आर्थिक क्षेत्र विदेशीको कब्जामा पर्न नदिन बेलैमा सचेत हुन अनुरोध गर्नुभयो । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले चाँडै यातायात परिषद् गठन गरिने र त्यसको नियमनमा यातायात उद्योगलाई राखिने बताउनुभयो । कार्यक्रमका प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले यातायात क्षेत्रले यातायात मजदूरलाई नियुक्तिपत्र दिनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ७ : ३२ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री