२०८३, १ असार मंगलबार

आज शहीद दिवस : देश र जनताको लागि जीवन त्याग गर्ने शहीद सम्मानमा ‘शहीद दिवस’ मनाइँदै

आज शहीद दिवस : देश र जनताको लागि जीवन त्याग गर्ने शहीद सम्मानमा ‘शहीद दिवस’ मनाइँदै



हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

कवी भुपी शेरचनको एक कविताको अंशले हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनीकि शुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान छ भन्ने तात्पर्य बुझाँउछ । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने तिनै आहुति शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । राणा शासन बिरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । यस दिन शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर लगायतका शहीदहरूको सम्झना गरिन्छ ।

यही दिवसका अवसरमा राष्ट्रपति, उराष्ट्रपति र प्रधानमन्त्रीले शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । प्रत्येक बर्षको माघ १६ गतेलाई देशको परिवर्तनमा आफ्नो ज्यान गुमाएका वीर शहीदहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । विक्रम सम्वत १९९७ सालमा तत्कालिन राणा शासकहरुले नागरिक स्वतन्त्रताको माग गरेको भन्दै स्वतन्त्रता आन्दोलनका अगुवाहरुलाई मृत्यूदण्ड दिएको थियो ।

वीर शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथचन्द ठकुरीलाई माघ १५ गते शोभा भगवतीमा झुण्डयाएर मृत्युदण्ड दिएको थियो । यसैबिच राष्ट्रपति बिद्यादेवी भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले शहीदहरुको त्यागले नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

त्यसैगरी उपराष्ट्रपतिबाट नन्दबहादुर पुनले पनि शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्न एक भएर लाग्न सबैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताउनु भएको छ । सहिद दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले राणाशासविरुद्ध १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताउनु भयो ।

त्यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विभिन्न कालखण्डमा शहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । देउवाले राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्रप्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान शहीदको संझना गर्नुभएको छ । त्यस्तै, राजनीतिक दलका दलका नेताहरुले समेत शहीदहरुको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति : २०७५, १६ माघ बुधबार  ९ : ०४ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई