२०८२, ४ माघ आईतबार

काठमाडौं-तराई फास्ट ट्याक ४ किलोमिटर छोट्याउँदै

काठमाडौं-तराई फास्ट ट्याक ४ किलोमिटर छोट्याउँदै


काठमाडाैं, माघ १६ : बहुप्रतीक्षित काठमाडौं–तराई–मधेस द्रुतमार्ग ९फास्ट ट्रयाक०को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाइ ७२।४ किलोमिटर कायम गर्ने जनाएको हो । ‘हाल ७६।४ किलोमिटर रहेको फास्ट ट्रयाकको दूरी चार किलोमिटर घटाइनेछ,’ सेनाका प्राविधिक उपरथी तथा काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख योगेन्द्र खाँडले भने, ‘घुमाउरो बाटोमा सुरुङको लम्बाइ बढाएर समग्रमा आयोजनाको लम्बाइ घटाउन लागिएको हो । डिपिआर तयारीको जिम्मा पाएको कम्पनीसँगको समन्वयमा लम्बाइ घटाउन लागेका हौँ ।’

डिपिआर तयारीको जिम्मा पाएको दक्षिण कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ एन्ड कन्सल्टिङले यही हप्ता (१९ माघ) डिपिआरको मस्यौदा प्रतिवेदन सेनालाई बुझाउने तयारी छ । त्यसलाई नेपाली सेनाले अध्ययन गरी आवश्यक सुझाब दिने आयोजना प्रमुख खाँडले बताए । ‘अध्ययन गरेर सुझाब दिन नै करिब दुई साता (१४ दिन) लाग्नेछ,’ उनले भने । सुझाब समेटेर कोरियन कम्पनीले डिपिआरको अन्तिम रूप दिनेछ । यी सबै प्रक्रिया फागुनभित्रै पूरा गर्ने सेनाको तयारी छ ।

यसअघि सेनाले गत असोजमा कोरियन कम्पनीलाई डिपिआर तयारीको जिम्मेवार दिएको थियो । कम्पनीसँग १०५ (३ महिना १५ दिन) दिनभित्र डिपिआर तयार गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार कम्पनीले १० करोड २० लाख रुपैयाँमा डिपिआर तयार गरिरहेको छ । यो समाचार आजको नयाँ पत्रिकामा जीवन बस्नेतले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १६ माघ बुधबार  ८ : १८ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ