२०८१, २२ माघ मंगलबार

काभ्रेको धुलिखेलमा सोनाम ल्होछारको तयारी तीब्र

काभ्रेको धुलिखेलमा सोनाम ल्होछारको तयारी तीब्र


काठमाण्डौँ, १३ माघ: काभ्रेको धुलिखेलमा तामाङ समुदायको महान चाड सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

२८५५ औँ फाग (ढ्वा) अर्थात सुँगुर बर्षको अवसरमा खाना महोत्सवको समेत आयोजना गरिएको छ । तामाङ समुदायको खानाका परिकार समेत प्रबद्र्धन गर्ने उद्देश्यले सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम एवं खाना महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक सिबी लामाले जानकारी दिए ।

आइतबार धुलिखेलमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार धुलिखेलको पुरानो बसपार्कमा १८ गते साँस्कृतिक कार्यक्रम एवं खाना महोत्सव हुने छ । महोत्सवमा तामाङ समुदायको संस्कृति झल्कने विभिन्न नाचहरु प्रदर्शन गरिन्छ । त्यस्तै खानाका परिकार समेत राखिने छ । “हाम्रा पुर्खाको सम्मानका लागि पनि हामी युवा पुस्ता ल्होछारलाई मौलिक बनाउने प्रयत्न गरिरहेका छौँ, संयोजक लामाले भने “पयर्टकीय नगर धुलिखेलमा आउने पयर्टकहरुले हाम्रो कला र संस्कृति हेरेर रमाउन पाउँछन् ।”

महोत्सवमा २० वटा भन्दाबढी खानाका स्टलहरु हुने छन् । महोत्सवलाई सफल पार्न ११ सदस्य मूल आयोजक समिति समेत गठन गरिएको छ । समितिले प्रचारप्रसार देखि ब्यवस्थापनको काम गर्नेछ । धुलिखेल नगरपालिकाको सहयोगमा नेपाल तामाङ घेदुङ धुलिखेल नगर कमिटी र नेपाल नगर जनजाती परिषद्ले महोत्सवको आयोजना गरेका हुन् ।

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ६ : १९ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव