२०८२, ४ माघ आईतबार

प्रहरीको बढ्दो इन्काउन्टर : मानवअधिकार आयोग मौन

प्रहरीको बढ्दो इन्काउन्टर : मानवअधिकार आयोग मौन


काठमाडौं, माघ १२ : प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिँदै गएको छ । प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको हो । इन्काउन्टर घटनाको छानबिनमा आयोग गम्भीर नहुँदा सामान्य घटनामा पनि अभियुक्तमाथि प्रहरीले गोली चलाउन थालेको छ ।

इन्काउन्टरका नाममा कतिपय अवस्थामा प्रहरीले पक्राउ गरेर अभियुक्तलाई गोली हानेको छ । त्यससम्बन्धी प्रस्ट प्रमाण भेटिँदासमेत राष्ट्रिय मानवअधिकार आयोग मौन बस्न थालेपछि प्रहरीले मुठभेडका नाममा पक्राउ गरेर गोली हान्ने घटना बढाउँदै लगेको हो ।

प्रहरीको आलोचना
बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको गत २१ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । अभियुक्तसँगै प्रमाण नष्ट गरेको भन्दै जुन घटनाले प्रहरीको व्यापक आलोचना भयो ।

अभियुक्तलाई पक्राउ गरेको छिमेकीले नै देखेका थिए र प्रहरीले उनीहरूले प्रहरीमाथि जंगलमा गोली चलाउन खोजेको बतायो । मुठभेडको कुनै संकेत नभएको आयोगको प्रारम्भिक छानबिनमा खुलेको थियो । याे समाचार नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १२ माघ शनिबार  ८ : ०४ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ