२०८३, १८ आश्विन सोमबार

हिमपातले तीन जिल्लाको यातायात बन्द

हिमपातले तीन जिल्लाको यातायात बन्द


अमरगढी, ११ माघ : सोमबार रातिको हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा नहँुदा यातायात बन्द भएको छ ।

दार्चुला, बैतडी र बझाङको मुख्य दशरथचन्द र जयपृथ्वी राजमार्ग खोड्पेमा भएको हिमपातले गर्दा बुधबारदेखिको यातायात सेवा चलेको छैन । दार्चुला, बैतडी र बझाङसहित अन्य जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीका यातायात साधन बैतडीको खोड्पेमा जाममा परेका छन् ।

जयपृथ्वी राजमार्गको खोड्पे, ढोल्यामोड र श्रीभावर र दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझ, बजारलगायत क्षेत्रमा करीब छ इञ्च बाक्लो हिउँ जमेको छ । राजमार्गमा जमेको हिउँ हटाउन राति हिउँ लगातार पर्ने गरेकाले सडक खुलाउने पहल भएपनि लगातारको पानी र हिमपातले सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । चार दिनदेखि बैतडी जिल्ला सदरमुकाममा बिजुली नभएकाले जनजीवन प्रभावित भएको छ । टेलिफोन अवरुद्ध भएको र मोबाइल फोन चार्ज गर्न समस्या भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ९ : १३ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय