२०८१, २३ माघ बुधबार

जुफाल विमानस्थल तीन दिनपछि खुल्यो

जुफाल विमानस्थल तीन दिनपछि खुल्यो


डोल्पा, ११ माघ : हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल तीन दिनपछि खुलेको छ । लगातारको हिमपात र वर्षात्का कारण अवरुद्ध जुफाल विमानस्थल घाम लागेर हिउँ पग्लेसँगै तीन दिनपछि आज खुलेको हो । विमानस्थल खुलेसँगै नेपालगञ्ज विमानस्थलदेखि तारा र समिट एयरलाइन्सले तीन वटा उडान गरेको छ । हिमपातले अवरुद्ध भएको विमानस्थल नखुलेका कारण नेपालगञ्ज र सुर्खेतदेखि कुनै पनि हवाई उडान नभएपछि यात्रुलाई सास्ती भएको थियो ।

हवाई मैदानमा जमेको बाक्लो हिउँ बिहीबार साँझ पग्लेसँगै अवरुद्ध भएको हवाई सेवा आजबाट सञ्चालन भएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिनुभयो । हवाई उडान भएपछि जिल्ला बाहिर आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुनुका साथै दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत शुरु भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ८ : ५६ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव