२०८३, ३० जेष्ठ आईतबार

कृषिको विकासले नै राष्ट्र समृद्ध हुन्छ : मन्त्री खनाल

कृषिको विकासले नै राष्ट्र समृद्ध हुन्छ : मन्त्री खनाल


पर्सा, ११ माघ : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको विकास नगरी राष्ट्रलाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ संसदीय समितिले आज बाराको परवानीपुरमा आयोजना गरेको ‘कृषिको आधुनिकीकरणमा तीनै तहका सरकारको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्नसके हाल देखिएको बेरोजगारी समस्यालाई सम्बोधन गर्दै राष्ट्रलाई समृद्धिको बाटोतर्फ लैजान सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले देशका सातवटै प्रदेशमा अत्याधुनिक कृषि अनुसन्धान केन्द्रको स्थापना गर्ने तयारीमा सरकार लागेको जानकारी गराउनुुभयो । मन्त्री खनालले बढ्दो व्यापार घाटा, युवा शक्तिको विदेश पलायन र खाद्यान्नमाथिको परर्निभतालाई समाप्त गर्न सकिने क्षमता कृषिमै भएकाले यसलाई आधुनिकीकरण तथा व्यापारीकरण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेकपा प्रदेश नं २ का इञ्चार्ज सत्यनारायण मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं २ का सहकारीमन्त्री शैलेन्द्र साह, आर्थिक मामिला राज्यमन्त्री उषा यादव, पूर्वमन्त्री प्रभु साहलगायतले उन्नत जातको बीउ, समयमा मलखालको व्यवस्था, सिँचाइको उचित प्रबन्ध र उत्पादनको उचित मलको व्यवस्था गर्न सकिए हाल देखिएको खाद्यान्नमाथिको परर्निभतालाई समाप्त गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी रहेका प्रदेश नं २ मा पर्ने गाउँपालिका, नगरपालिकका प्रमुखले कृषिको विकासका लागि लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् ।
रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ६ : ४९ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क