२०८३, २८ श्रावण शुक्रबार

काठमाडौंमा एक महिनामा दुई सय १२ जनालाई स्वाइन फ्लु, एकको मृत्यु

काठमाडौंमा एक महिनामा दुई सय १२ जनालाई स्वाइन फ्लु, एकको मृत्यु


काठमाडौँ, माघ १० :राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का दुई सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् । ओम अस्पतालको आइसियूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ । अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले बताए ।

स्वाइन फ्लुका बिरामी हेर्न डराउँछन् स्वास्थ्यकर्मी
स्वाइन फ्लुबाट बच्ने सही प्रबन्ध नहुँदा स्वास्थ्यकर्मीहरू नै बिरामीको उपचार गर्न डराउन थालेका छन् । त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा स्वास्थ्यकर्मीलाई स्वाइन फ्लुविरुद्धको भ्याक्सिन (भ्याक्सिन ग्रिप) लगाइएको छैन, जब कि १० भन्दा बढी ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का बिरामी भर्ना भएका छन् । ‘एक बिरामी निकै सिरियस थिए, उनको रेखदेख बढी समय नर्सहरूले नै गर्नुपर्ने थियो,’ अस्पतालकी एक नर्सले भनिन्, ‘स्वास्थ्यकर्मीको दबाबपछि उनलाई टेकु अस्पताल रेफर गरिएको छ ।’

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा आइसियू र इमर्जेन्सीमा काम गर्ने स्वास्थ्यकर्मीलाई भ्याक्सिन ग्रिप दिइए पनि स्वाइन फ्लुको संक्रमणबाट बच्न पर्याप्त नभएको चिकित्सकले बताएका छन् । ‘हामीले मन्त्रालयलाई स्वास्थ्यकर्मीको सुरक्षाका विषयमा सचेत गराएका छौँ । स्वास्थ्यकर्मीलाई काम गर भन्ने, तर रोकथामको उपाय नगर्ने परिपाटीले सेवा प्रवाहमा समस्या देखिन थालेको छ,’ अस्पतालका निर्देशक वासुदेव पाण्डेले भने । यो देशको एक मात्र सरकारी सरुवा रोग अस्पताल हो । स्वाइन फ्लुबाट भैपरि आउने समस्यालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र भ्याक्सिन भने तयारी अवस्थामा राखेको उनको भनाइ छ ।

ओम अस्पतालका धेरै बिरामीको नमुना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । अस्पतालले उपचारमा आबद्ध सबै स्वास्थ्यकर्मीलाई इन्फ्लुएन्जाविरुद्धको भ्याक्सिन लगाएको छ । तर, स्वास्थ्यकर्मी त्रसित छन् ।

यस्ता व्यक्ति जोखिममा
चिकित्सकहरूका अनुसार दमलगायत स्वासप्रस्वासम्बन्धी समस्या भएकालाई स्वाइन फ्लु (मौसमी रुघाखोकी)को संक्रमण बढी हुन्छ । मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएका व्यक्ति पनि संक्रमणको उच्च जोखिममा पर्छन् । गर्भवती, वृद्धवृद्धा र ५ वर्षमुनिका बालबालिकामा स्वाइन फ्लुको संक्रमण छिटो हुने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

यो संक्रमणको खतरा अरूमा भन्दा बढी हुने गरेको छ । त्यसैगरी अंग प्रत्यारोपण गराएका, एचआइभीरएड्स वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएका, क्यान्सरको उपचार गराइरहेकाहरू स्वाइन फ्लुको उच्च जोखिममा हुन्छन् । बिरामीमा एक सय चार डिग्री वा त्योभन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ ।

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ७ : २२ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान