२०८२, १ फाल्गुन शुक्रबार

मण्डन देउपुर नगरपालिकाको नाम परिवर्तन, के हो नया नाम ?

मण्डन देउपुर नगरपालिकाको नाम परिवर्तन, के हो नया नाम ?


काभ्रेपलाञ्चोक, ९ माघ: करीब दुई वर्षपछि मण्डन देउपुर नगरपालिकाले आफ्नो नाम परिवर्तन गरी ‘नगरकोट मण्डन देउपुर नगरपालिका’ राखेको छ । मङ्ण्गलबार कुन्ताबेंसीमा सम्पन्न हिउँदे नगरसभाले नपाको नाम परिवर्तन प्रस्ताव पास गरेको आज बनेपामा अयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पर्यटकीयस्थल नगरकोटको नाम विश्वमै परिचित भएको तथा आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएकाले नपाको साविक नाममा नगरकोट थपिएको नगरप्रमुख टोकबहादुर तामाङले बताउनुभयो ।

नगरप्रमुख तामाङले भन्नुभयो, “नगरकोटका ७५ प्रतिशत होटल हाम्रो क्षेत्राधिकारभित्र पर्दछ, यसकारण पनि नामकरण गर्ने माग भएअनुसार नगरकोट थप्यौँ ।” उहाँका अनुसार नगरपालिका घोषणापछि तत्कालीन दलीय संयन्त्रले लामो समयको विवादकाबीच नपाको नाम मण्डन देउपुर नगरपालिका राखिएको थियो । “नपाको नयाँ नाम पारित भयो, अनुमति माग्न प्रदेश र केन्द्रीय सरकारसँग अनुमति मागिसकेका छौँ”, नगरप्रमुख तामाङले भन्नुभयो । काभ्रेपलाञ्चोकमा छ वटा नपा र सात वटा गाउँपालिका छन् ।

यस नपासँग नगरकोटमा भक्तपुरको चाँगुनारायण नपा जोडिएको छ । व्यावहारिकरुपमा नगरकोट ‘पानीढलो’ सीमाङ्कन भन्दै आइएको छ । नयाँ नामाङ्कित नपा नगरकोट मण्डनदेउपुर नपाले प्रदेश नं ३ सरकारसँग नगरकोट तथा सिन्धुपाल्चोकसँग जोडिएको इन्द्रवती नदीको सीमाङ्कन गरिदिन आग्रह गरेको छ । नगरसभाले करको दायरा पनि बढाएको सम्मेलनमा जानकारी दिइयो । नपाको सभाले करको दायरामा क्रसर उद्योग दर्ता तथा नवीकरणमा रु ११ लाख, इँटा उद्योग दर्ता तथा नवीकरणमा रु आठ लाख, ढुङ्गा खानी दर्ता तथा नवीकरणमा रु सात लाख, बालुवा खानी दर्ता तथा नवीकरणमा रु पाँच लाख शुल्क लाग्ने पारित गरेको छ ।

नयाँ नामाङ्कित नपा नगरकोट मण्डनदेउपुर नपाभित्र दर्ता एवं सञ्चालित होटलको कर सङ्कलन गर्न विभिन्न वर्गमा राखेर वर्गीकरण गर्न कार्यदल पनि गठन गरेको छ । नगरसभाले माथिल्लो तामाकोशी आयोजनाको ४०० केभी प्रसारण लाइन नपाको घटाबस्तीमाथि रहेकाले रुट परितर्वत गर्न मेलम्ची आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रोयल्टीबापत ५० प्रतिशत रकम जनसङ्ख्याका आधारमा नपा तथा गाउँपालिकालाई उपलब्ध गराउन सम्बन्धित निकायमा मागगर्नेलगायत १६ वटा प्रस्ताव पास गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ माघ बुधबार  ७ : ५१ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको