२०८३, ८ भाद्र मंगलबार

जनप्रतिनिधि र नागरिकबीच पहिलो पटक सार्वजनिक प्रश्नोत्तर

जनप्रतिनिधि र नागरिकबीच पहिलो पटक सार्वजनिक प्रश्नोत्तर


परासी, ८ माघ : “गाउँपालिका अध्यक्षज्यू, गाउँमा प्रसूतिगृह नहुँदा सुत्केरीलाई सदरमुकाम लैजानुपर्ने बाध्यता छ, गाउँका स्वास्थ्यचौकीमा औषधि पनि छैन, हामीले कहिले सुविधा पाउँछौँ ?” आफ्नो वडा कार्यालयमा आएका जनप्रतिनिधिलाई स्थानीयवासी विमलादेवी कर्णले प्रश्न गर्नुभयो । “जनप्रतिनिधि भए पनि सरकारले मासिक भत्ता दिएको छ रे, तर वडा कार्यालयमा आउँदा प्रायः वडाध्यक्षज्यू भेटिनुहुन्न, वडाध्यक्ष भेट हुने समय कति बजे हो ?” अर्का स्थानीयवासी धुव्रनारायण बानियाँले सोध्नुभयो ।

“भाषणमा युवालाई रोजगारी दिन्छाँै भन्ने धेरै सुनियो, तर रोजगारी भाषणमा मात्र हो अध्यक्षज्यू ? अनि गाउँपालिकामा कर बुझाउन जाँदा लाइन बस्नुपर्छ, गाउँगाउँमा सिंहदरबार आयो भन्नुहुन्छ, हामीलाई वडा कार्यालयबाटै कर तिर्ने सुविधा पनि छैन, कहिले आउँछ सिंहदरबार ?” स्थानीय युवा हिरालाल हरिजनको प्रश्न थियो । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका नागरिकले सोमबार आफ्ना जनप्रतिनिधिसँग यसरी नै प्रत्यक्ष प्रश्नोत्तर गरे । जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाइ राखेर विकास निर्माण र सेवा प्रवाहको विषयमा नागरिकका गुनासा र सुझाव सुनेको थियो ।

रेडियो परासीको सहजीकरण र समन्वयमा यसरी सार्वजनिकरूपमा आफ्ना जनप्रतिनिधिलाई प्रश्न सोध्न पाएका स्थानीयवासीले वडादेखि गाउँपालिकासम्मको विकास निर्माण अनि समस्या पोखे । वडाभित्रका विभिन्न सडकको कालोपत्र हुनुपर्ने, सीमाक्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, सुविधासम्पन्न अस्पताल, वडा कार्यालयबाटै कर तिर्ने सुविधा हुनुपर्ने, झरही नदीमा तटबन्ध तथा बाढी नियन्त्रणको उपाय खोज्नुपर्ने उनीहरूको माग थियो ।

त्यसैगरी प्राविधिक शिक्षालय, प्रसूतिगृह स्थापना गर्नुपर्ने, स्वास्थ्य संस्थामा सहजरूपमा औषधि पाउने व्यवस्था गरिनुपर्ने, वडामा जनसङ्ख्या र भूगोलको आधारमा बजेट वितरण गर्नुपर्ने, कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेलगायतका माग पनि स्थानीयवासीले राखेका थिए । गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले गाउँपालिकावासीलाई सुविधा दिन वडा नं ४ मा रहेको पाल्ही प्राथमिक स्वास्थ केन्द्रको स्तरन्नोति गरी १५ श्ययाको अस्पताल बनाउन गाउँपालिकाले पहल गरेको जानकारी दिनुभयो । तीन महीनाभित्र प्रत्येक वडाबाटै कर सङ्कलनको व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै उहाँले भन्नुभयो, “सबैको सल्लाह, सुझाव र सहयोगबाटै गाउँपालिकालाई समृद्ध र नमूना बनाउन म लागिरहेको छु ।”

प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले हालसम्म ३३ प्रतिशत बजेट खर्च भइसकेको र ४० योजना सम्झौता भएर कार्यान्वयनमा रहेको जानकारी दिनुभयो । उहाँले जनसङ्ख्या र राजश्व सङ्कलनका आधारमा वडालाई बजेट विनियोजन गरिएको उल्लेख गर्दै गाउँपालिका भवन र वडा कार्यालयको भवन बनाउने कामलाई तीव्रता दिएको पनि जानकारी दिनुभयो । योजना कार्यान्वयन असारको बेला चाप नहुने गरी अहिलेदेखि नै कार्यान्वयन गरिरहेको गाउँपालिकाले जनाएको छ । यस वर्ष पश्चिम नवलपरासीमा पाल्हीनन्दन गाउँपालिकाले मात्रै यसरी सार्वजनिक सुनुवाइ गरेको छ । सात स्थानीय तह रहेको यस जिल्लाका अन्य स्थानीय तहमा पनि सार्वजनिक सुनुवाइको तयारी भइरहेको पाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ८ : ४६ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन