२०८३, २ असार बुधबार

सिमकोट बजारमा सडक विस्तार गरिने

सिमकोट बजारमा सडक विस्तार गरिने


हुम्ला, ६ माघ : जिल्लाको सदरमुकाम सिमकोट बजारलाई शहरी विकास मन्त्रालय आयोजनाले सडक विस्तार गर्ने भएको छ । शनिबार सिमकोट गाउँपालिका जनप्रतिनिधि, स्थानीय र सङ्घीय योजना प्रमुख, शहरी विकास मन्त्रालयका पदाधिकारीबीच भएको अन्तरक्रिया कार्यक्रममा विगतका योजनाभन्दा फरक तरिकाले कार्य अगाडि बढाउने निर्णय भएको छ । सिमकोट गाउँपालिकाले सडक विस्तारको लागि आफूहरुलाई प्रतिवेदन पेश चाँडो पेस गरेमा लामो समयसम्म टिकाउ हुने गरी कार्यक्रम सञ्चालन गरिने शहरी विकास मन्त्रालयका पदमकुमार मैनालीले बताउनुभयो । सिमकोट बजारमा सडक विस्तार गर्दा के कस्ता पहल गर्न सकिन्छ र सडक विस्तारमा लाग्ने खर्चलगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

सिमकोट गाउँपालिकाले विस्तार गर्दै आएका सडकको कामलाई प्राथमिकता दिनुका साथै सिमकोट गाउँपालिकाअन्तर्गत आठै वडालाई सडक विस्तारमा पहिलो प्राथामिकता दिने गाउँपालिका उपाध्यक्ष वली रावतले बताउनुभयो । उपाध्यक्ष रावतका अनुसार अबका योजना परिणममुखी हुने र जनताले गुनासो गर्न पाउने मौका नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो । बाक्लो बस्ती भएको ठाउँमा सडक निर्माण गर्दै जाने, सिमकोटवासीमा परिवर्तन आउने गरी काम गर्नुको साथै सडक विस्तारमा लाग्ने खर्च सबै शहरी विकास मन्त्रालयले व्यहोर्ने कार्यक्रम रहेको सोही मन्त्रालयका कृष्णप्रसाद दबाडीले बताउनुभयो ।

शहरी विकास मन्त्रालयले जिल्लाका सात गाउँपालिकामध्ये सिमकोट गाउँपालिकालाई सडक विस्तारका लागि पहिलो प्रथामिकतामा राखिएको छ । शहरी विकास मन्त्रालयले सडक निर्माण, ढल निर्माण गर्न लागेको योजनालाई सही सदुपयोग गर्नुका साथै नमूना गाउँपालिका बनाउने सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । साथै शनिबार भएको कार्यक्रममा सिमकोट बजार दुर्गन्धित बन्दै गएको भन्ने प्रश्नमा अधिकृत दर्जीले रु दुई करोड ४० लाख खर्च भएको हुँदा त्यो अनुसार काम नभएकोे स्वीकार गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता डबल रावलले सिमकोट गाउँपालिकाले लामो समय लगाएर विकासको अवधारणाका साथै बजेट नदोहोरिने गरी खर्च गर्नुपर्नेमा जोड दिनुभयो । हुम्लामा जेठ÷असारमा मात्र विकासका बजेट निकास हुने भएकाले यसलाई दुरुपयोग गरेर अचार बनाउन नहुने नेता रावलको भनाइ रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सिमकोट गाउँपालिका वडा नं ४ का अध्यक्ष छविचन्द्र लामा, वडा नं ३ का अध्यक्ष ताक्ला जिम्केत मुस्कान लामा, जिल्ला समन्वय समितिका निमत्त देवी ऐडी, नेपाली काङ्ग्रेसका कैलाश भण्डारीलगायत सङ्घीय आयोजना, शहरी विकास मन्त्रालयको टोलीका साथै निर्माण व्यवसायीको सहभागिता रहेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ७ : ५७ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई