२०८३, २ असार बुधबार

तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत

तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत


काठमाडौँ, ४ माघ: नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । आइओसीले १५÷१५ दिनमा पठाएको नयाँ मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

आइओसीले यही माघ २ गते पठाएको पछिल्लो मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ पैसा र डिजेलमा ०.४५ पैसा वृद्धि भएको निगमका प्रवक्ता इन्जिनियर वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उक्त मितिमा निगमको नाफा ऋणात्मक रहेको छ । करीब डेढ महीनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले खरिद मूल्यमा कमी आई यही माघ २ गते प्राप्त मूल्यअनुसार समेत रु एक अर्ब छ करोड सञ्चित नोक्सानी अझै पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ ।

चालु आवको दशैँ, तिहार, छठ तथा अन्य चाडपर्वका कारणले स्वचालित मूल्यप्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्दा निगमले रु दुई अर्ब ३७ करोड नोक्सानी व्यहोर्नु परेको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ४०० रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ७ : ५२ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई