२०८३, २ असार बुधबार

होसियार ! सामान्य रुघाखोकीले लिन सक्छ ज्यान

होसियार ! सामान्य रुघाखोकीले लिन सक्छ ज्यान


काठमाडौँ , माघ ३ : खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ – ‘भरसक हात नमिलाउनुस् । नमस्कार गर्नुहोस् ।’

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । श्वासप्रश्वास प्रणालीमा भाइरसबाट लाग्ने संक्रामक रोग (मौसमी रुघाखोकी) का बिरामी अस्पतालमा आउने क्रम बढेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गत मंसीरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको घाँटीको ¥याल परीक्षण गर्दा १ सय ६८ जनामा एन्फ्लुएन्जा पाइएको थियो ।

खोक्दा वा हाच्छिउँ गर्दा यो रुघाखोकी एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । सुरुमा सामान्य रुघाखोकी जस्तो देखिएपनि रोग प्रतिरोधात्मक क्षमता बढी भएका आफैं निको हुने चिकित्सक बताउँछन् । प्रतिरोधात्मक क्षमता न्यून भएका बालबालिका र ज्येष्ठ नागरिकमा भने जटिलता देखिन सक्छ । जोखिम बढी भएका व्यक्तिको मृत्यु हुने सम्भावना पनि बढी हुन्छ ।

प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार  ७ : ०९ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई