२०८३, १८ आश्विन सोमबार

‘विश्व शान्ति मैत्री पूजा’ सिन्धुलीमा

‘विश्व शान्ति मैत्री पूजा’ सिन्धुलीमा


काठमाडौँ, १ माघ : बोधि श्रवण धर्म सङ्घले विश्व शान्ति र मानव कल्याणको कामनासहित यही माघ ३ देखि ६ गतेसम्म सिन्धुली कमलामाई नगरपालिका–८ पैरेमा ‘विश्व शान्ति मैत्री पूजा’ गर्ने भएको छ ।

मैत्री धर्मका संस्थापक रामबहादुर बमजमले जीवन र जगत्बारे दीक्षा दिनुभएका धर्मगुरुको सहभागितामा हुने पूजामा विश्वका प्राणीजगत्प्रति सकारात्मक दृष्टिकोण विकास गरी अहिंसा अपनाउने र शान्ति कायम गर्ने उद्देश्य राखिएको छ । विभिन्न कारणले मृत्युवरण गरेका पितृको उद्धार गर्न प्रार्थना तथा पूजा गरिनेछ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका प्रवक्ता तथा पूर्वमन्त्री मणि लामाले समाजमा एकापसमा सद्भाव तथा भ्रातृत्व कायम राख्न सकेमा मात्र शान्ति र समृद्धि प्राप्त हुने बताउँदै त्यसका लागि पूजा गर्न लागिएको जानकारी दिनुभयो । सङ्घका सदस्य भूमि देवकोटाले सङ्घका गतिविधिमा प्रहरीले अनुसन्धान गरिरहेका समयमा सङ्घप्रति लक्षित गरी विभिन्न नकारात्मक प्रचार गरिएकामा चिन्ता व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ६ : ५५ बजे

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम