२०८२, ४ माघ आईतबार

प्रहरी भिडन्तमा साहनीको मृत्यु

प्रहरी भिडन्तमा साहनीको मृत्यु


भैरहवा, २९ पुस : प्रहरीको खोजिको सूचीमा सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डीका केदार साहनीको प्रहरी मुठभेडमा मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका– १० देशार पोल्ट्री फार्म अगाडिको चोकमा गएराति प्रहरीसितको मुठभेडमा साहनी मारिएका हुन् ।

दश वर्षदेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजना तथा कर्तव्य ज्यान, शरिर अपहरण बन्धकलगायत मुद्दामा फरार रहेका अभियुक्त साहनी मारिएको रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिनुभयो । पछिल्लो पटक साहनी सिद्धार्थनगर नगरपालिका– ८ कैलाश पथका ३८ वर्षीय आकाश गुरुङको अपहरणपछि हत्या गरी फरार थिए । उनले गुरुङको गत असोज १२ गते हत्या गरेका थिए ।

साहनीले गुरुङलाई २०७१ भदौ २७ गते अपरण गरेका थिए । उनले गुरुङलाई अपहरण गरी नवलपरासीको बर्दघाट नगरपालिका– १० स्थित सामुदायिक वनमा लगेर रु एक करोड फिरौती मागेका थिए । “रकम नपाएपछि साहनीले गुरुङको हत्या गरेका थिए,” प्रहरी नायब उपरीक्षक कुमोद ढुङ्गेलले भन्नुभयो । उनी हतियार देखाइ सर्वसाधारणलाई त्रसित पार्दै रकम असुली गर्ने कार्यमा संलग्न थिए । साहनी तराईका भूमिगत समूहसँग आबद्ध रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ७ : १२ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई