२०८३, २८ श्रावण शुक्रबार

प्रहरी भिडन्तमा साहनीको मृत्यु

प्रहरी भिडन्तमा साहनीको मृत्यु


भैरहवा, २९ पुस : प्रहरीको खोजिको सूचीमा सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डीका केदार साहनीको प्रहरी मुठभेडमा मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका– १० देशार पोल्ट्री फार्म अगाडिको चोकमा गएराति प्रहरीसितको मुठभेडमा साहनी मारिएका हुन् ।

दश वर्षदेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजना तथा कर्तव्य ज्यान, शरिर अपहरण बन्धकलगायत मुद्दामा फरार रहेका अभियुक्त साहनी मारिएको रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिनुभयो । पछिल्लो पटक साहनी सिद्धार्थनगर नगरपालिका– ८ कैलाश पथका ३८ वर्षीय आकाश गुरुङको अपहरणपछि हत्या गरी फरार थिए । उनले गुरुङको गत असोज १२ गते हत्या गरेका थिए ।

साहनीले गुरुङलाई २०७१ भदौ २७ गते अपरण गरेका थिए । उनले गुरुङलाई अपहरण गरी नवलपरासीको बर्दघाट नगरपालिका– १० स्थित सामुदायिक वनमा लगेर रु एक करोड फिरौती मागेका थिए । “रकम नपाएपछि साहनीले गुरुङको हत्या गरेका थिए,” प्रहरी नायब उपरीक्षक कुमोद ढुङ्गेलले भन्नुभयो । उनी हतियार देखाइ सर्वसाधारणलाई त्रसित पार्दै रकम असुली गर्ने कार्यमा संलग्न थिए । साहनी तराईका भूमिगत समूहसँग आबद्ध रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ७ : १२ बजे

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय