२०८२, ४ माघ आईतबार

नेपाल एयरलाइन्समा एक्लै उड्दा …

नेपाल एयरलाइन्समा एक्लै उड्दा …


काठमाडौं , २८ पुष : अकस्मात् पोखरा जानु पर्ने भयो । फ्लाइटमा जानुको विकल्प्प थिएन् । महँगो भए पनि टिकट किन्नु थियो, पाए सस्तो छाँठड्ने थिइन् । काठमाडौं – पोखरा उड्ने सबैभन्दा महँगो टिकट दर पाँच हजार ४ सय छ । त्यनि नै तिर्छुभन्दा पनि निजी कम्पनीका विमानको टिकट पाउन सकिनँ ।सरकारी ध्वजावाहक नेपली वायु सेवाको टिकट कता पाइन्छ, थाहा थिएन् । अधिकांश ट्रार्भल एजेन्सीले निगमको आन्तरिक उडानको टिकट नपाइने, उडानको भर नहमुने कुरा सुनिन्थ्यो । तर, अरु एयरलान्सको टिकट नपाएपछि त्यतै ध्यान सोझियो ।

निगमको फोन लगाएँ । मेरा आर्थिक हैसियतबमोजिम नै सस्तो टिकट पाएँ । पाँच हजार भए पनि तिरौँला भनेको मान्छेलाई टिकट पाउनु नै ठुलो कुरा थियो । झन २ हजार रुपैयाँमा नै पाएपछि के चाहियो ? निजी कम्पनीले दैनिक दर्जनभन्दा बढी उडान भर्ने पोखरामा निगमको उडान भर्ने पोखरामा निगमको उडान मुस्कलले एउटा हुन्छ । बिहान ८ बजे उडान थियो । बिहान ७ बजे नै विमानस्थल पुगेँ । टर्मिनलमा भवनमा छिर्ने बित्तिकै नगमप्रति दया लागेर आयो ।

निजी विमानको बोर्डिङ काउन्टरमा यात्रुले भरिभराउ थिए, कर्मचारी अत्यन्त व्यस्त थिए । निगमको बोर्डिङ काउन्टरमा न कर्मचारी थिए न यात्रु नै । केहीबेरमा एक जना कर्मचारी आए मलाई बोर्डिङ पास दिए ।धेरै समयपछि विमान पोखरा उडान भर्न तयार थियो । मभित्र पसेँ । परिचारिका मात्रै थिइन् पाइलटले जहाज स्टार्ट गरेपछि छर्लँग भयो, यात्रु त मै मात्र रहेछु । १७ जना यात्रु बोक्ने जहाजले जम्मा २ हजार रुपैयाँ व्यापार ग¥यो । यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ७ : १४ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई