२०८३, २९ श्रावण शनिबार

‘भूकम्पबाट सुरक्षित हुने चेतना सबैले राख्नुपर्छ’

‘भूकम्पबाट सुरक्षित हुने चेतना सबैले राख्नुपर्छ’


विराटनगर, २७ पुस : भूकम्पबाट तत्काल जोेगिन ‘घुँडा टेकी गुडुल्की, ओत लागि समात’ भन्ने चेतना सबैले राख्नुपर्ने औँल्याइएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७५ माघ २ गते आम नागरिकलाई सचेतना जगाउने उद्देश्यसाथ गरिएको कार्यक्रममा भूकम्पप्रतिको सचेतनाले जनधनको क्षति कम गर्न सहयोग पुग्ने नेपाल प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीको बुझाइ छ ।

नेपालमा विसं १९९०, २०४५ र २०७२ मा आएको भूकम्पबाट धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको र यसबाट धेरै सम्पत्ति पनि नष्ट भएकाले भूकम्प आउनुपूर्व, भूकम्पको अवस्थामा र भूकम्पपछि खोज तथा उद्धारमा खटिन चाहिने सामग्री राज्यले समयमै बन्दोबस्त गरी राख्नुपर्ने जिल्ला प्रशासन कार्यालय मोरङमा आज बसेको भूकम्प दिवसको सन्दर्भमा कार्यालय प्रमुखका बैठकमा सहभागीले औँल्याएका छन् ।

भूकम्पलाई रोक्न नसकिने भए पनि यसबाट बच्न सकिने उपाय अवलम्बन गर्न सकियो भने स्वयंलाई मद्दत पुग्ने विश्वास लिइएको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भवन संहिता पालना गर्नुपर्ने, भवन अरुका लागि नभई आफ्नै भएकाले उच्च गुणस्तरको सामान र प्रविधि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । माघ २ गते भूकम्प दिवसको अवसरमा स्थानीय तहबाट ¥याली निकाल्ने, जनचेतनामूलक कार्यक्रम गर्ने र विराटनगरको हाटखोला चोकमा अपराह्न २ बजे भूकम्पबाट जोगिन सकिने प्रदर्शनी गरिने जानकारी बैठकमा गराइयो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ७ : ४८ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व