२०८२, २२ फाल्गुन शनिबार

‘खगोल विज्ञानका १०० घण्टा’ कार्यक्रम

‘खगोल विज्ञानका १०० घण्टा’ कार्यक्रम


काठमाडौँ, २५ पुस: बिहीबारदेखि विश्वव्यापी रुपमा शुरु हुने खगोल विज्ञानका १०० घण्टा कार्यक्रमअन्तर्गत नेपालमा पनि विभिन्न कार्यक्रम हुने भएको छ । सातवटै प्रदेशमा खगोल विज्ञानसँग सम्बन्धित कार्यक्रम गर्न स्वयंसेवी परिचालन गरिएकोे नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

प्रारम्भिक कार्यतालिकाअनुसार प्रदेश नं १ को दमक, प्रदेश नं २ को जनकपुर तथा सिमरा, प्रदेश नं ३ को काठमाडौँ उपत्यका, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको मङ्गलगढी तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष मिसन ‘न्यू होराइजन’ का बारेमा तथा यसको यम तथा भर्खरै भएको ‘अल्टिमा ठुले’ को यात्राको विषयमा २०७५ साल पुस ३० गते सोमबार वसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजमा कार्यक्रम गरिने जनाइएको छ । कार्यक्रममा अमेरिकी संस्था प्लानेटरी साइन्स इन्स्टिच्युटका वरिष्ठ वैज्ञानिक डा हेनरीथुपसँग इन्टरनेटमार्फत विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिने सोसाइटीले जनाएको छ । निःशुल्क हुने यस कार्यक्रममा जततउस्ररदष्त।थिरद्दकष्ष्पव्m गएर आफ्नो नाम दर्ता गर्न सकिनेछ । कार्यक्रमसम्बन्धी थप जानकारीका लागि धधध।लभउबबिकतचयलयmष्अबकियअष्भतथ।यचन हेर्न अध्यक्ष भट्टराईले सबैमा आह्वान गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ८ : ५७ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै