२०८३, २९ श्रावण शनिबार

निर्मलाकी आमाको रगत नमूना सङ्कलन

निर्मलाकी आमाको रगत नमूना सङ्कलन


भीमदत्तनगर, २५ पुस : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको आज रगत नमूना सङ्कलन गरिएको छ । निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत नमूना सङ्कलनका लागि निवेदन दिनुभएको थियो ।

प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उहाँको नमूना रगत सङ्कलन गरेको प्रहरीले जनाएको छ । “घटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले आफूखुशी रगत दिएकी हुँ,” दुर्गादेवीले भन्नुभयो, “आवश्यक परीक्षणका लागि आग्रह गर्दछु ।”

निर्मलाका बुबा यज्ञराज पन्तले भने परीक्षणका लागि रगत नमूना सङ्कलन गर्न मान्नुभएको छैन् । दुर्गादेवीले श्रीमान् यज्ञराजले रगत दिन अस्वीकार गरेको जानकारी दिनुभयो । प्रहरी उपरीक्षक कुबेर कडायतले सङ्कलन गरिएको निर्मलाकी आमाको रगत परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्ट प्रयोगशालामा पठाइने बताउनुभयो । निर्मलाको गत साउन ११ गते बिहान भीमदत्तनगरपालिका–१८ को उखुबारीमा शव भेटिएको थियो । उक्त घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ७ : ४९ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व