२०८२, १० फाल्गुन आईतबार

भक्तपुर सफाइ अभियानमा जुटे पूर्व मन्त्रीदेखि विद्यार्थीसम्म

भक्तपुर सफाइ अभियानमा जुटे पूर्व मन्त्रीदेखि विद्यार्थीसम्म


भक्तपुर, २१ पुस बिहान ७ बजेको चिसो, हनुमन्ते नदी र अरनिको राजमार्गमा फ्याकिएका फोहर तुसारोले सेताम्मे बनेको थियो ।

हुस्सुले ढोकेको वायुमण्डल र चिसोको पर्वाह नगरी सांसद, नगरप्रमुख लगायतका जनप्रतिनिधिदेखि स्कूलका विद्यार्थीसम्म सयौँको सङ्ख्यामा फोहर टिप्न व्यस्त देखिन्थे । प्रतिनिधिसभा सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतको परिकल्पना र योजना अनुरुप भक्तपुरलाई सफा र सुन्दर बनाउन शुरु भएको हनुमन्ते नदी सफाइ अभियानको ४५औँ हप्ता र अरनिको राजमार्ग सफाइ अभियानको तेस्रो चरणको चौथो दिन सांसददेखि विद्यार्थीसम्मले हातमा सेता पञ्जा लगाएर फोहर टिपेको देखेपछि अचेल फोहर गर्ने पनि हच्किन थालेका छन् ।

सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रमा देश कै नमूनाको रुपमा सञ्चालन भइरहेको सफाइ अभियानमा स्वतस्फूर्त रुपमा अभियन्ताको सहभागिताले पछिल्लो समयमा हनुमन्ते नदीसँगै अरनिको राजमार्ग सफा देखिन थालेको हो ।

आज सूर्यविनायक नगरपालिकाअन्तर्गत राधे राधेदेखि साङ्गा भन्ज्याङ्सम्म सातवटा चोकबाट एकै साथ सफाइ अभियान शुर गर्दा राजमार्ग क्षेत्रमा सफाइ अभियन्ताको जोश र उर्जाले चिसोलाई छिचोलेको देखिन्थ्यो ।

राधेराधेमा सफाइ अभियानका प्रमुख सल्लाहकारसमेत रहनुभएका पूर्व उद्योगमन्त्री बस्नेतसँगै प्रदेश नं ३ की सांसद प्रतिमा श्रेष्ठ, नेपाल सरकारका वातावरण विभागका महाप्रबन्धक झलकराम अधिकारी, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, मध्यपुर नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मी, उत्प्रेरक रुद्र पौडेल, नेपाल प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी, नगर प्रहरी, वडा अध्यक्षहरू, स्कूल तथा कलेजका शिक्षकशिक्षिका एवं विद्यार्थी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि एवं अभियन्ता गरी सयाँैको सङ्ख्यामा रहेका सहभागिताले बिहान १० बजेसम्म सफाइ अभियानमा जुटेका थिए ।

अभियानमा सांसद बस्नतले अरनिको राजमार्गलाई सफा, सुन्दर, हरियाली सुरक्षित, उज्यालो र जाममुक्त भक्तपुर बनाउने लक्ष्यका साथ शुरु भएको राजमार्ग सफाइ अभियान र हनुमन्ते सफाइ अभियान सफल हुँदै गएको बताउनुभयो ।

सफाइ अभियानले मानिसमा चेतना वृद्धि भएको बताउँदै उहाँले विगतका तुलनामा अहिले हनुमन्ते नदी र राजमार्गमा फोहर फाल्ने क्रम निकै कम भएको बताउनुभयो । सफाइ अभियानलाई समयानुसार परिवर्तन गर्दै प्रत्येक नगरपालिकाको वडा, वडामा सञ्चालन गर्न शुरु गरेको बताउँदै हनुमन्ते करिडोर निर्माण सम्पन्न भएसँगै नदीलाई ढलमुक्त बनाएर पूर्ण सरसफाइ बनाउने बताउनुभयो ।

उहाँले भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकालाई पनि नियमित सरसफाइ गर्न आग्रह गर्दै सिङ्गो भक्तपुरलाई पूर्ण सफा बनाउन चारैवटा नगरपालिका सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

सफाइ अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले राधेराधे, सल्लाघारी, सूर्यविनायक, जगाते, भातेढिकुर, नलिन्चोकहँुदै काभ्रेको साँगासम्म बिहान एकै साथ सफाइ अभियान सञ्चालन गरेर करीब ११ टन फोहोर सङ्कलन गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ८ : ३० बजे

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र