२०८२, ३ माघ शनिबार

रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा


मेलम्ची, २० पुस :तपस्वी बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा प्रहरीले छानबिन शुरु गरेको छ । बम्जनको आश्रमबाट मकवानपुरका दुई जना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी शुरु गरेको हो । अनुसन्धान टोलीले आज आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान थालेको हो । आश्रममा खान तलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको थियो ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सिन्धुपाल्चोकबाट अनुसन्धानको शुरुआत गरिएको बताउनुभयो । उहाँले फरेन्सिक टिम र विज्ञसहितको टोली खटाएर हराएका व्यक्तिको खोजी थालिएको जानकारी दिनुभयो । मकवानपुरका सञ्चलाल वाइबा र फूलमाया रुम्बा सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा परेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ९ : ०७ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको