२०८२, ३ माघ शनिबार

आमाको किरीयामा छाेरी, श्रीमानले दिएका छन् साथ

आमाको किरीयामा छाेरी, श्रीमानले दिएका छन् साथ


काठमाडौँ, पुस २० :९० बर्षकी आमा बितेपछि एक छोरी अहिले एक्लै आमाको किरियामा बस्नु भएको छ । भक्तपुरको गठ्ठाघरमा आमाको किरिया बस्नु भएकी सविना फुयाल केसीको अहिले सबैले प्रसंसा गरेका छन । उहांको उक्त कामलाई भेट्न जाने सबैले नमुना काम भएको भन्दै उहांलाई सानत्वना दिएका छन ।सैनिक अस्पतालबाट सेवानिवृत्त हुनुभएकी पूर्व नर्स सबिना फुँयाल केसी यतिखेर आफ्नी दिवंगत आमाको काज किरीयामा सेतो पहिरन लगाएर कोरामा बस्नुभएको छ । उहाँकी आमा विष्णुकुमारी फुँयालको पुस १३ गते निधन भएको थियो ।

घ्याङ्ग सुकाठोकर दोलखाकी विष्णुकुमारी विगत लामो समयदेखि गठ्ठाघरस्थित आफ्नी साँहिली छोरी सबिनाको घरमा बस्दै आउनु भएको थियो । सविनाका ३ जना दिदी बहिनीहरु पनि छन् तर किरीयामा सविना एक्लै बस्नुभएको छ ।वीरेन्द्र सैनिक अस्पतालमा लामो समय काम गरी ९ वर्षअघि सेवा निवृत्त हुनु भएकी छोरी सबिनाले आफुलाई जन्म र कर्म दिने आमालाई बाँचुञ्जेल रेखदेख गर्दै आउनुभएको थियो । अन्तत सन्तान हुनुको कर्तव्य निर्वाह उहांले गर्नुभएको छ ।याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

छोरा छोरी दुबै बराबरी भन्ने कानूनी व्यवस्था भैसक्दा समेत समाजका अग्रज अर्थात् बुद्धीजीवीले समेत छोरीको अस्तित्वलाई अस्वीकार गरिरहेको अवस्थामा सविनाले गरेको उक्त कामलाई सबैले उदाहरणीय कार्य भएको बताउदै आएका छन । आफु जिवित हुँदाहुँदै पनि दिवंगत सासुको अन्तिम संस्कार र काजकिरीया गर्न सबिनाका पति शंकरले केसीले श्रीमती सबिनालाई यतिखेर पुर्णरुपमा साथ दिइरहनु भएको छ ।

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ७ : ३३ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको