२०८२, २६ फाल्गुन बुधबार

बन्ने भो भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला

बन्ने भो भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला


काठमाडौँ, १८ पुस: खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । आज सिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएको छ ।

नेपाल सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यका साथ रङ्गशाला निर्माण गरिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने उक्त रङ्गशालाको लागि एक हजारदेखि आवश्यकताअनुसार एक हजार ५०० रोपनीसम्मको जग्गा मन्त्रालयको अनुरोधमा नगरपालिकाले व्यवस्था गर्ने भएको छ । उक्त स्थानमा रङ्गशालाको लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकीकरण आयोजना (ल्याण्ड पुलिङ) को माध्यमबाट गरिने भएको छ । जग्गा एकीकरणको लागि सूर्यविनायक नगरपालिकाका वडा नं ८, ९, १० तथा आवश्यकताअनुसार चाँगुनारायण नगरपालिकाका वडा नं ८ र ९ लाई प्रयोगमा ल्याउने बताइएको छ ।

त्यसको लागि तत्काल जग्गा पहिचान गर्ने र निर्माण प्रक्रियालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने सहमति भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको आवश्यक सबै कानूनी तथा प्राविधिक कार्य सम्पन्न गरी अबको १५ दिनभित्रमा डिपिआरको प्रक्रियामा जाने समेत सहमति भएको छ । कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारको योजनाअनुसार आगामी तिन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले केही व्यक्तिले उक्त स्थानमा रङ्गशाला बनाउननहुने भन्दै जानकारी गराएको उल्लेख गर्दै देशको आवश्यकता, विकास र समृद्धिलाई कसैले रोक्न नहुने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले रङ्गशाला तथा कवर्ड हलको डिपिआर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीले अनावश्यक रुपमा भक्तपुरमा विकास विरोधी कार्य गर्ने गरेको जानकारी गराउँदै विकास विरोधी नगन्य मात्रामा रहेको सङ्ख्यालाई सरकारले आवश्यकताअनुसार बल प्रयोगसमेत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख वाशुदेव थापाले भक्तपुरमा भएका इँटा उद्योगका कारण वातावरण प्रदुषणको मात्र बढ्दै गएको बताउनुभयो । उहाँले भक्तपुरलाई विकसित बनाउन आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ९ : १९ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल