२०८३, १८ आश्विन सोमबार

रसुवा भन्सारमा सीसी क्यामरा जडान

रसुवा भन्सारमा सीसी क्यामरा जडान


रसुवा, १८ पुस: भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ । प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान जाँच सही रूपमा गरे नगरेको हेर्न र चोरी निकासीको निगरानी बढाउन सीसी क्यामरा जडानपछि सहज हुने छ । सामान जाँच स्थलदेखि टिमुरेको घट्टेखोलासम्म सीसी क्यामरा जडान गरी कार्यालय परिसरबाट थप निगरानी थालिएको हो ।

दैनिक सयाँैको सङ्ख्यामा मालवाहक सवारीसाधन र मानव चापका कारण सम्भावित चुहावट रोकी भन्सारलाई सुधारोन्मुख गर्न मद्दत पुग्ने अधिकृत खड्काले बताउनुभयो । राजश्व गस्ती तथा भन्सार सुरक्षा मजबुत पार्न सशस्त्र प्रहरी गुल्मको व्यवस्थाले सुरक्षामा थप मजबुत हुँदै गएको छ । चीनबाट आयात भएको सामग्री सरकारी मापदण्डअनुरूप छिटोछरितो परीक्षण गराउन आलोपालो हिसाबले ३० जाँचकी परिचालन गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ८ : १२ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा