२०८३, २८ श्रावण शुक्रबार

निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन : महानिरीक्षक खनाल

निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन : महानिरीक्षक खनाल


कञ्चनपुर, १५ पुस: नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताउनुभएको छ । महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको बताउनुभयो । शङ्काको घेरामा आएका सानाठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिला अधिकारकर्मीसँग आज छलफल गर्दै खनालले दोषी उम्कन नपाउने बताउनुभयो ।

यस घटनालाई निकै गम्भीररुपमा लिएको चर्चा गर्दै उहाँले निकै गहनरुपमा अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीको उच्चस्तरीय छानविन समितिले दोषी देखाइएका प्रहरीलाई कारवाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो । प्रतिवेदन अध्ययनपछि केहीलाई विभागीय कारवाही भएको छ उहाँले भन्नुभयो, “केहीलाई कारवाही प्रक्रिया अगाडि बढाउने कार्य अघि बढेका छन् ।”
-रासस

प्रकाशित मिति : २०७५, १५ पुस आईतबार  ९ : २७ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष