२०८२, २२ फाल्गुन शनिबार

निजी आवास निर्माणका लागि बैंकबाट ऋण लिनेक्रम बढ्दो

निजी आवास निर्माणका लागि बैंकबाट ऋण लिनेक्रम बढ्दो


काठमाडौँ, १४ पुस : सुरक्षित आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेक्रम बढ्दै गएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निजी घर तथा आवास निर्माण गर्न पाइने भएकाले कर्जाको माग बढ्दै गएको पाइएको हो । निजी आवास निर्माणका लागि एक हजार ४०० जनाले बैंकबाट ऋण लिएका छन् ।

भूकम्पपीडितलाई ऋण उपलब्ध गराउन शून्य प्रतिशत ब्याजदरमा आवासीय घर निर्माणका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत कर्जा उपलब्ध गराएको छ । त्यस्तो कर्जा उपभोग गर्ने बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितबाट दुई प्रतिशतमात्रै व्याज लिन पाउनेछन् । केन्द्रीय बैंकले हालै प्रकाशित गरेको चालू आर्थिक वर्षको पछिल्लो चार महीनाको विवरणअनुसार रु दुई अर्ब २३ करोड कर्जा उपलब्ध गराइएको छ ।

पुनःनिर्माण प्राधिकरणका अनुसार हालसम्म तीन लाख ३८ हजार १४७ निजी घर तथा आवास पुनःनिर्माण भएका छन् । बैंकले उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने लक्ष्यले रु १५ अर्ब ६३ करोड पुनःकर्जा लगानी गरेको छ ।

यस्तै गत कात्तिक मसान्तसम्ममा सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या नौ हजार ७४९ रहेका छन् । सो कार्यक्रमअन्तर्गत रु १४ अर्ब ३८ करोड ऋण बक्यौता रहेको छ । यस्तै रु ७५ करोड ८२ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १४ पुस शनिबार  ८ : ५२ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको